आइतबार, साउन ३१, २०८३

मोहनापुल-अत्तरिया ६ लेन सडक कालोपत्रे सुरु

निर्माणाधीन मोहना-अत्तरिया ६ लेन सडकमा कालोपत्रे सुरु भएको छ।
 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

धनगढी- निर्माणाधीन मोहना-अत्तरिया ६ लेन सडकमा कालोपत्रे सुरु भएको छ।

जसअन्तर्गत पहिलो चरणमा मोहनापुलदेखि चौराहासम्म कालोपत्रे सुरु गरिएको हो।

मोहना पुलदेखि अत्तरियासम्म तीन टुक्रामा ठेक्का दिएर काम भइरहेको सडक योजना कार्यालयका प्रमुख होमबहादुर एसीले बताए। उनका अनुसार अन्य खण्डमा कालोपत्रे गर्ने तयारी भइरहेको छ।

सडक निर्माण अवधि गत जेठमै सकिए पनि अहिलेसम्म नथपिएको प्रमुख एसीको भनाइ छ।

सडक निर्माणमा विभिन्न अवरोध आएकाले सम्पन्न हुन नसकेकाे उनले बताए । 

पहिलो चरणको ठेक्का शर्मा अमर नागार्जुन जेभीले तथा दोस्रो चरणको ठेक्का राजेन्द्र निर्माण सेवाले पाएको जनाइएको छ। झन्डै साढे १४ किलोमिटर लम्बाइ रहेकाे सडककाे निर्माण लागत एक अर्ब ६८ करोड रूपैयाँ अनुमान गरिएकाे छ।

प्रकाशित: Nov 26, 2019| 04:28 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।