मंगलबार, माघ ६, २०८२

टोक्यो ओलम्पिकका ‘गोल्डेन’ दाजुबहिनी, जसले बनाए कीर्तिमान

जापानमा जारी ३२औं संस्करणको टोक्यो ओलम्पिकमा अहिलेसम्म पाँच स्वर्णसहित ६ पदक जितेको जापान दोस्रो स्थानमा छ। जापानलाई यो स्थानमामा पर्‍याउन अबे दाजुबहिनीको ठूलो योगदान छ।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

काठमाडौं- जापानमा जारी ३२औं संस्करणको टोक्यो ओलम्पिकमा अहिलेसम्म पाँच स्वर्णसहित ६ पदक जितेको जापान दोस्रो स्थानमा छ। जापानलाई यो स्थानमामा पर्‍याउन अबे दाजुबहिनीको ठूलो योगदान छ।

National life

घरेलु भूमिमा आयोजना भएको ओलम्पिकमा तीन स्वर्ण जितेको जापानलाई उनीहरूले थप दुई स्वर्ण दिलाउँदै इतिहासको पानामा आफ्नो नाम दर्ज गराएका छन्।

उनीहरू दुवैले स्वर्णपदक जित्दै ओलम्पिककमा 'गोल्डेन' दाजुबहिनीको उपनामसमेत पाएका छन्। गएको आइतरबार सम्पन्न खेलमा बहिनी उटाले ५२ केजी तौल समूहको जुडोमा स्वर्ण जितिन्। त्यसको केही समय अघि मात्र उनका दाजु हिफुमीले पुरुषतर्फ ६६ केजी तौल समूहको उपाधि जितेका थिए।

२३ वर्षे हिफुमीले चाहिँ पुरुषतर्फ जर्जिर्याका वाज्हा मार्गवेलाशिविललाई फाइनलमा पराजित गरेका थिए।

फ्रान्सको अमान्डिने बुसलाई हराउँदै २१ वर्षे उटाले उपाधि जित्दै आफ्नो दाजुको स्वर्ण जितमा खुसी थपेकी थिइन्। उनले जुडो म्याटको छेउबाट दाजुको स्वर्णमा दोहोरो खुसी दिलाउँदै आफ्नो स्वर्णको उत्सव मनाएकी थिइन्।

२३ वर्षे हिफुमीले चाहिँ पुरुषतर्फ जर्जिर्याका वाज्हा मार्गवेलाशिविललाई फाइनलमा पराजित गरेका थिए।

Laxmi sunrise bank
kumari

उनीहरूको दुई स्वर्णले नै जापानलाई पाँच स्वर्णसम्म पुर्‍यायो। निप्पोन बुगोकानमा भएको खेलबाट उनीहरू ओलम्पिकमा एकै दिन स्वर्ण जित्ने पहिलो दाजुबहिनीसमेत बनेका छन्।

उटा आफ्नो तौल समूहमा स्वर्ण जित्ने पहिलो महिला खेलाडी बनेकी छन्। यससँगै उनी अहिलेसम्मकै युवा स्वर्ण विजेता पनि बन्न सफल भएकी छन्। निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा उनले चार मिनेट २७ सकेन्डको अतिरिक्त समयमा उपाधि जितेकी थिइन्। उनी प्रतिस्पर्धि बुस युरोपियन च्याम्पिपयनसमेत हुन्।

हिफुमीले २००८ यता यो तौल समूहमा पहिलो स्वर्ण जितेका हुन्। कडा टक्कर भएको फाइनल खेलमा उनले ‘आउटर लेग स्पि’को सहयोगमा जित निकालेको थिए।

‘पछिल्लो चार वर्षमा मैले निकै महेनेत गरिरहेकी थिएँ। त्यसैले यो उपाधि जित्न सफल पनि भएँ। धेरै खुसी छु,’ उटाले खेलपछि भनेकी छन्, ‘बुस निकी खरो प्रतिद्वन्दी थिइन्। जसलाई म निकै सम्मान गर्छु। उनलाई पनि जित्न सकेकोमा म निकै खुसी छु।’

त्यस्तै, हिफुमीले २००८ यता यो तौल समूहमा पहिलो स्वर्ण जितेका हुन्। कडा टक्कर भएको फाइनल खेलमा उनले ‘आउटर लेग स्पि’को सहयोगमा जित निकालेको थिए।

‘मलाई लाग्छ हामीले आफ्नो नाम इतिहासको पानामा लेखाएका छौं। हामी इतिहास परिवर्त गर्न योग्य रह्यौं,’ मिफुमीले खेलपछि भने।

अहिलेसम्म जनापान दोस्रो स्थानमा छ भने ६ स्वर्णसहित ११ पदक जितेको चीन शीर्षस्थतानमा छ। त्यस्तै, तेस्रो स्थानमा रहेको संयुक्त राज्य अमेरिकाले चार स्वर्णसहित १० पकद जितिसकेको छ।

दक्षिण कोरियाले दुई स्वर्णसहित तीक काश्य पनि जितेको छ। यससँगै अहिलेसम्म टोक्यो ओलम्पिकमा चीन शीर्षस्थानमा छ भने जापान, अमेरिका, कोरिया दोस्रो, तेस्रो र चौथो स्थानमा छन्।

त्यस्तै, एक स्वर्ण जित्ने देशहरुमा रसिया, इटाली, फ्रान्स, अष्ट्रेलिया, ट्युनिसिया, हंगेरी, इक्वेडर, थाइल्यान्ड, इरान, कोसाभो र अष्ट्रिया छन्।

यसमध्ये रसियाले एक स्वर्णसहित सात पदक जितेको छ भने इटालीले एक स्वर्णसहित पाँच पदन जितेको छ।

प्रकाशित: Jul 26, 2021| 12:45 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।