सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • नौ वर्षको उमेरमा इन्जिनियरिङको डिग्री, लगत्तै पीएचडीको योजना

नौ वर्षको उमेरमा इन्जिनियरिङको डिग्री, लगत्तै पीएचडीको योजना

 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

काठमाडौं– बेल्जियमका नौ वर्षका एक बालकले इन्जिनियरिङमा स्नातक उपाधि हासिल गर्दैछन् ।

National life

नेदरल्याण्डको आइन्डहोवन युनिभर्सिटी अफ टेक्नोलोजी (टीयूई) मा इन्जिनियरिङ अध्ययनरत नौ वर्षीय लरेन्ट सिमन्सले आगामी डिसेम्बरमा कोर्स पूरा गरेर इन्जिनियरिङको डिग्री लिन लागेका हुन् ।

लरेन्ट अहिले मानव मस्तिस्कको स्नायुलाई चिपले स्थानान्तरण गर्ने परियोजनामा काम गरिरहेका छन् । उनले रोयटर्सलाई भनेका छन्, “हामी एउटा चिपलाई न्यूरोनको ठाउँमा राखेर कनेक्सन बनाइरहेका छौं र यसको प्रतिक्रिया कस्तो हुन्छ त्यसको परीक्षण गर्नेछौं ।”

इन्जिनियरिङपछि पीएचडी गर्ने उनको योजना छ । उनले मेडिकल डिग्री पनि लिन चाहेको उनका पितालाई उद्धृत गर्दै सीएनएनले जनाएको छ।

लरेन्टका पिताले समाचार संस्थाहरुलाईं भनेका छन्, “ऊ जन्मिएपछि मेरा बुबाआमाले उसलाई भगवानका तर्फबाट प्राप्त ठूलो उपहार भन्नुभएको थियो । स्कुलमा पनि शिक्षकहरुले लरेन्टको निकै तारिफ गर्दा ऊ अरुभन्दा विशेष छ भन्ने लागेको थियो । त्यसपछि त उसले सबैलाई चकित पारिरहेको छ।”

Laxmi sunrise bank
kumari

यति सानै उमेरमा स्नातक तहको पढाइ पूरा गर्नका लागि लरेन्टलाई विश्वविद्यालयबाट अनुमति प्राप्त भइसकेको छ ।

टीयूई स्नातक डिग्रीका शिक्षा निर्देशक साजर्ड हल्शोफले लरेन्ट सबैभन्दा तिक्ष्ण बुद्धिको विद्यार्थी मात्र नभई ऊ सबैप्रति सहानुभूति राख्ने भद्र बालकसमेत रहेको बताएका छन् ।

लरेन्टले सीएनएनसँगको कुराकानीमा उनलाई इलेक्ट्रिकल इन्जिनियरिङमा विशेष रुची रहेको र अगाडि गएर मेडिसिन पनि पढ्न चाहेको बताएका छन् ।

एक वर्षमा माध्यमिक विद्यालयको पढाइ पूरा गरेका लरेन्टले विश्वविद्यालयमा भर्ना भएको नौ महिनामै तीन वर्षको स्नातक कोर्ष पूरा गर्दैछन् ।

कार्यक्रम निर्देशक हल्शोफ भन्छन्, “लरेन्टबाट प्राध्यापक निकै उत्साहित छन्। उसको मस्तिष्कको गति हामी कल्पना पनि गर्न सक्दैनौं । ऊ अहिलेसम्मकै स्मार्ट विद्यार्थीको तुलनामा तीन गुणा बढी चलाख छ ।”

गिनिज बुक अफ वल्र्ड रेकर्डसका अनुसार अहिलेसम्म सबैभन्दा कम उमेरमा स्नातक तहको उपाधि हासिल गर्नेमा अमेरिकाका माइकल किर्नी हुन् । माइकलले १० वर्ष ४ महिनाको उमेरमा सन् १९९४ मा स्नातक तहको पढाइ पूरा गरेका थिए ।

अहिले लरेन्टलाई अध्ययनका लागि विश्वका ठूलठूला विश्वविद्यालयहरुबाट प्रस्ताव आइरहेका छन् । आमाबुवाको सहयोगमा विश्वविद्यालय छनोट गर्न थालेका लरेन्टको रुची अमेरिकाको पश्चिमी किनारतर्फ रहेको रोयटर्सले उल्लेख गरेको छ ।

लरेन्टका आमाबुवालाई अहिले आफ्नो छोराले पढाइ गर्दागर्दै अरु बच्चाको जस्तै चञ्चल र रमाइलो बाल्यकाल बिताउन पाउने होइन कि भन्ने चिन्ता पनि थपिन थालेको छ ।

पढाइमा व्यस्त भए पनि छुट्टीको बेला लरेन्ट आफ्नो कुकुर स्यामीसँग खेल्छन् । भिडियो गेम र फोनमा पनि उनको रुची छ । इन्जिनियरिङको डिग्री लिएपछि उनको जापान घुम्न जाने योजना छ ।

प्रकाशित: Nov 25, 2019| 08:19 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।