सोमबार, फागुन १८, २०८२

कर्णालीमा तीन जना सांसदले रोजे एकीकृत समाजवादी

कर्णाली प्रदेशसभाका एमालेका तीन जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

सुर्खेत– कर्णाली प्रदेशसभाका एमालेका तीन जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । सांसदहरु देवी वली, चन्द्रबहादुर शाही र पदमबहादुर रोकायाले एकीकृत समाजवादी रोजेका हुन् । 

वली समानुपातिक सांसद हुन् भने शाही मुगु र रोकाया जुम्लाबाट प्रत्येक्ष निर्वाचित सांसद हुन् । शाही मुगुमा एमालेका संस्थापक नेता हुन् । बैशाख ३ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेकी वलीले अन्तिम समयमा झुक्कीएको भन्दै मत सच्चाएकी थिइन् ।

तीनै जना सांसदले बुधबार प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा पुगेर नेकपा एकीकृत समाववादीका पक्षमा सनाखत गरेको नेकपा एकीकृत समाजवादी सुर्खेतका अध्यक्ष मोहनसिंह बडुवालले जानकारी दिए । योसँगै प्रदेशसभामा सभामुख ९राजबहादुर शाही० सहित एमालेका सांसदको संख्या १३ मा झरेको छ ।

२० सांसदमध्ये प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको पद गुमीसकेको छ । उनीहरुले बैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि एमालेले कारबाही गरेपछि सांसद पद गुमेको हो ।

प्रकाशित: Sep 01, 2021| 13:50 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।