आइतबार, साउन ३१, २०८३

बानेश्वरमा डाक्टरको ज्यान लिने गाडी अझै पत्ता लागेन

मर्निङवाकमा रहेका डाक्टरलाई ठक्कर दिएर भागेको गाडीको अझै पहिचान खुल्न सकेको छैन । बानेश्वरमा बाटो काट्ने क्रममा ...
 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

काठमाडौं- मर्निङवाकमा रहेका डाक्टरलाई ठक्कर दिएर भागेको गाडीको अझै पहिचान खुल्न सकेको छैन ।

आइतबार बिहान बानेश्वरमा बाटो काट्ने क्रममा डाक्टर प्रभु जोशीलाई अज्ञात गाडीले ठक्कर दिएर भागेको थियो । उनलाई अस्पताल पुर्याए लगत्तै मृत्यु भएको थियो । ७२ वर्षीय डाक्टर जोशी सिभिल हस्पिटल बानेश्वरमा कार्यरत थिए ।

उनलाई ठक्कर दिने गाडीको आइतबार बिहानैदेखि प्रहरीले खोजी गरेपनि नभेटिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए । प्रहरीले सिसी टिभी फुटेजका आधारमा गाडीको खोजी गरिरहेको छ ।

सिसी टिभीको फुटेजबाट ठूलो बसले ठक्कर दिएको देखिएकाले बसको खोजी गरिरहेको डीएसपी रेग्मीले बताए । नम्बरको पहिचान नभए पनि गाडी पत्ता लाग्ने उनको भनाइ छ ।

प्रहरीले हुलियाका आधारमा एउटा गाडी नियन्त्रणमा लिएको उनले नेपाल समयलाई बताए । यद्यपी सोहि गाडीले ठक्कर दिएको हो वा होइन भन्ने खुल्न सकेको छैन् ।

जोशीको परिवारले ठक्कर दिने गाडीका चालकलाई पक्राउ गरी कारवाहीको माग गर्दै महानगरीय प्रहरी वृत्तमा जाहेरी दिएको छ ।

प्रकाशित: Nov 25, 2019| 03:44 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।