आइतबार, साउन ३१, २०८३

पशुपतिनाथ र जनकपुरको सम्बन्ध जोड्न साइकल यात्रा

काठमाडौंको पशुपतिनाथबाट यात्रा सुरु गरेका दुई सय साइकल यात्रीहरु आइतबार जनकपुर पुगेका छन्।
 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

जनकपुरधाम- काठमाडौंको पशुपतिनाथबाट यात्रा सुरु गरेका दुई सय साइकल यात्रीहरु आइतबार जनकपुर पुगेका छन्।

विश्व साइकल यात्री पुष्कर शाहसहित २ सय १३ जना साइकल यात्रीलाई नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले जनकपुरमा स्वागत गरेका छन्।

नेपाल भ्रमण वर्ष २०२० र रामजानकी विवाहोत्सवको पूर्वसन्ध्यामा काठमाडौं र जनकपुरबीचको सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यका साथ उनीहरुले साइकल यात्रा गरेका हुन्।

साइकल यात्रीहरुलाई स्वागत गर्दै उपसभापति निधिले काठमाडौंबाट जनकपुरसम्म आएका साइकल यात्रीले पशुपति र मिथिलालाई जोड्ने कार्य गरेको बताए।

‘राइड थ्रु सिन्धुलीगढी कनेक्टिङ मिथिला हेरिटेज’ नाम दिइएको साइकल यात्रा शुक्रबार काठमाडौंबाट सुरु भएको थियो। साइकल यात्रीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डासहित पशुपतिबाट बिदाई गरेका थिए।

काठमाडौैंदेखि सिन्धुलीगढी हुँदै झण्डै २ सय ५० किलोमिटरको यात्रा साइकल यात्रीहरुले तीन दिन लगाएर पुरा गरेका छन्।

देशका विभित्र सांस्कृतिक, सामाजिक र धार्मिक एकतालाई थप प्रगाढ बनाउने साइकल यात्राको प्रमुख उद्देश्य रहेको जनकपुरमा स्वागत कार्यक्रमको आयोजना गरेको सानो पाइला तथा फैक्ट्स नेपाल संस्थाले जनाएको छ।

काठमाडौंबाट जनकपुरसम्म आइपुगेका साइकल यात्रीहरुले राष्ट्रिय एकता, सहकार्य र भाइचाराको सन्देश दिएको सानो पाइला संस्थाका प्रमुख कञ्चन झाले बताए।

यसका साथै साइकल यात्रीहरुले पर्यावरणीय, धार्मिक र सांस्कृतिक क्रान्तिको भूमिका प्रष्ट पार्दै दुईवटा भूगोलबीचका सम्बन्धलाई मजबुत बनाउने उनको विश्वास थियो।

साइकल यात्रामा साढे नौ वर्षका बालकदेखि ६५ वर्ष उमेर समूहका पुरुष, महिला तथा विदेशी पर्यटकहरु सहभागी छन्। सोमबार जनकपुर उपमहानगरपालिकाको आयोजनामा साइकल यात्रीहरुले जनकपुरको आठ किलोमिटर परिक्रमा गर्ने कार्यक्रम रहेको बताइएको छ।

प्रकाशित: Nov 24, 2019| 14:08 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।