आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हत्याका घटना स्मरण गराउँदै कांग्रेसले सोध्यो : सुरक्षाको प्रत्याभूति कहिले गर्ने ?

हत्याका घटना स्मरण गराउँदै कांग्रेसले सोध्यो : सुरक्षाको प्रत्याभूति कहिले गर्ने ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नागरिकले सुरक्षाको अनभूति गर्न नपाएको आरोप लगाएको छ।
 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नागरिकले सुरक्षाको अनभूति गर्न नपाएको आरोप लगाएको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार चुनावी प्रचार अभियानअन्तर्गत एउटा विज्ञप्ती जारी गरेर प्रधानमन्त्रीसँग प्रश्न तेस्र्याएका हुन्।

हरेक दिन एउटा प्रश्न गर्ने अभियानमा रहेको कांग्रेसले ओली नेतृत्वको सरकारका बेला ठूलो संख्यामा निर्दोश मानिसहरु मारिएको स्मरण गराइएको छ।

साथै आइतबारको प्रश्नमा हत्याकाण्डहरु देखाउँदै प्रश्न सोधिएको छ, ‘सम्माननिय प्रधानमन्त्रीज्यू नागरिकलाई सुरक्षाको प्रत्याभूति कहिले गर्ने ?’

विज्ञप्तीमा हत्याका घटनाहरुको स्मरण गराइएको छ।

विज्ञप्तीमा भनिएको छ, ‘केपि ओली प्रधानमन्त्री बन्नुभएको यो अवधीमा उहाँकै निर्वाचन क्षेत्र झापा–५ मा २ जनाको हत्या भएको छ। फरक घटनामा कमल गाउँपालिकाका बासिन्दा युवा ब्यवसायी खेमराज पौडेल तथा गौरीगञ्ज गाउँपालिकाका पाका व्यक्ति अलगचन्द राजवंशी मारिएका छन्।’

त्यस्तै, काठमाडौ उपत्यकामा दुई बालक अपहरणपछि मारिएको र जसमध्ये एउटा प्रधानमन्त्रीको निजी घर रहेको बालकोटको नजिक कांडाघारीमा तथा अर्को बालकको प्रधानमन्त्री निवास बालुवाटार पश्चिम बसुन्धारामा हत्या भएको विज्ञप्तीमा स्मरण गराइएको छ।

उपत्यकामै असी वर्ष पुगेका ज्येष्ठ नागरिक पूर्व राजदूत केशव झाको पनि केपी ओली नेतृत्वको सरकारका पालामा हत्या भएको स्मरण गराइएको छ।

त्यस्तै, रोल्पामा तरुण दल लिवाङका सभापति रोहित पुन तथा सर्लाही र रुपन्देहीमा गरेर नेपाली कांग्रेसका अन्य ३ युवाको हत्या नेकपाका कार्यकर्ताहरुले गरेको विज्ञप्तीमा जनाइएको छ।

त्यसैगरी कम्युनिष्ट पार्टीकै एउटा समूह विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले थुप्रै हिंसात्मक गतिविधि गरेकाले मुलुकको शान्ति सुरक्षामा खलल पुगेको स्मरण गराइएको छ।

विज्ञप्तीमा कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १६ महिना पुग्दापनि दोषीहरुलाई कठघरामा उभ्याउन सरकार सफल हुन नसकेको औँल्याइएको छ।

प्रकाशित: Nov 24, 2019| 11:51 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।