आइतबार, साउन २४, २०८३

छोरीका पिता धेरै बाँच्छन् : अध्ययन

छोरीले खुसी मात्र होइन आफ्नो बाुवलाई आयुसमेत दिने कुरा एक अध्ययनले देखाएको छ ।
 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

एजेन्सी- हाम्रो समाज अझै पनि छोराकै लागि मरीमेट्ने गरेको छ। छोरीले मात्र नपुगेर जसरी पनि छोरा पाउनै पर्ने चाहनामा धेरै छोरी जन्माउने, छोराको अभावमा बेखुसी रहने अझै छन्।

कतिपयले त गर्भमै अवैधानिक रुपमा लिंग परीक्षण गरेर छोरी भए गर्भपतन गर्नेसम्मका हर्कत गर्ने गरेको पाइन्छ।

तर पनि आफ्ना बाबु आमालाई छोरीले जति खुसी छोराले दिन सक्दैनन् भन्ने कुरा कतै लुक्न सकेको छैन। यतिमात्र होइन छोरीले खुसी मात्र होइन आफ्नो बाुवलाई आयुसमेत दिने कुरा एक अध्ययनले देखाएको छ।

पोल्याण्डको जेगिलोनियन युनिभर्सिटीको अध्ययनको दाबीअनुसार छोरीले आफ्नो बाबुका लागि लामो उमेर दिन्छन्। अध्ययनअनुसार छोरा मात्रै हुने बाबु भन्दा छोरी हुने बाबु लामो उमेर बाँचेका छन्।

अध्ययनअनुसार छोरा भएका बाबुको स्वास्थ्य र उमेरमा खासै फरक पर्दैन। तर छोरी भएका पिता अरु भन्दा सामान्यतया ७४ हप्ता बढी बाँचेको देखिएको छ। साथै एउटा बाबुका जतिधेरै छोरी छन् त्यतिधेरै बाँचेकोसमेत पाइएको छ।

युनिभर्सिटीका सोधकर्ताहरुले बाबुको स्वास्थ्य र उमेरमा परेको असर अध्ययनका लागि ४ हजार ३ सयभन्दा बढी व्यक्तिहरुसँग छलफल गरेका थिए।

जसमा २ हजार १ सय ४७ जना आमा र २ हजार १ सय ६३ जना बाबु थिए। शोधकर्ताहरुका अनुसार यस किसिमको यो पहिलो अध्ययन हो।

सन्तानका कारण आमाको स्वास्थ्यमा नकारात्मक असर

एक अध्ययनअनुसार छोरीको साटो छोरालाई प्राथमिकता दिने बाबुले आफ्नो जिन्दगीको आयु आफै घटाउँदै लगेका छन्। छोरी जन्म हुनु बाबुका लागि जति राम्रो हुन्छ, त्यति राम्रो आमाका लागि भने नहुने गरेको पाइएको छ।

अमेरिकामा अमेरिकन जर्नल अफ ह्युमन बायोलोजीको एक अध्ययनमा छोरा वा छोरी दुबैले आमाको स्वास्थ्यमा नकारात्मक असरा पार्छन्। जसका कारण आमाको उमेर घट्दै जान्छ।

यसअघि बिवाहित महिला भन्दा अविवाहित महिला बढी खुसी हुने गरेको एउटा अधययनले देखाएको थियो।

तर बच्चाको जन्मपछि सामान्यतया आमाबाबु धेरै खुसी हुने र धेरै बाँच्ने गरेका छन्।

प्रकाशित: Nov 24, 2019| 09:26 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्