बिहीबार, वैशाख ३१, २०८३

ग्रामी अवार्डमा पहिलोपटक नेपाली मनोनित

 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

काठमाडौं– नेपाली बाँसुरीवादक मनोज नेवाः ‘मनोसे’ सम्मिलित अल्बम ‘देव’ विश्वप्रसिद्ध ग्रामी अवार्डका लागि मनोनयनमा परेको छ। ग्रामी अवार्डका लागि मनोनयनमा पर्ने अल्बममा प्रस्तुति दिने उनी पहिलो नेपाली हुन् ।

National life

संस्कृतका मन्त्रहरु गाउने जर्मन गायिका तथा संगीतकार देव प्रेमलको अल्बम ‘देव’ लाई ‘बेस्ट न्यू एज अल्बम शिर्षक’ मा मनोनित गरिएको हो। जसमा मनोसेले बाँसुरीका सातवटा सांगीतिक तरंग प्रस्तुत गरेका छन् ।

गायत्री मन्त्रका सात चक्रको मधुर वाचन समेत मिसाइएको संगीतलाई अल्बममा दैहिक, मानसिक एवम् आत्मिक विश्राम तथा ध्यान र धिमा गतिका योग अभ्यासका निमित्त ध्वनी–स्नान भनेर वर्णन गरिएको छ।

अवार्ड विजेताहरु आगामी जनवरी २७ मा हुने ६२ औं ग्रामी सम्मान समारोहमा सम्मानित हुनेछन्। बाल्यकालदेखि नै बाँसुरीतर्फ आकर्षित मनोज सांगीतिक ब्याण्ड ‘सुकर्म’ का संस्थापक सदस्य समेत हुन् ।

सन् १९९८ मा २० वर्षको छँदा नै उनी तबलावादक होमनाथ उपाध्यायसँग पश्चिमी मुलुकहरुको यात्रामा निस्केका थिए ।

त्यसबेलादेखि नै प्रेरणादायी संगीतकारहरुसँग आफ्नो कलाको सम्मिश्रण गरिरहेका उनले हालसम्म २० भन्दा बढी मुलुकमा आफ्नो प्रस्तुति दिइसकेका छन् ।

गत बुधवारमात्रै मनोनयन घोषणा गरिएको यसपालीको ग्रामी अवार्डमा विभिन्न विधामा गरी जम्मा ८४ शीर्षकमा सम्मान गर्न लागिएको छ ।

मनोजको प्रस्तुति रहेको ‘देव’ अल्बमलाई ‘बेस्ट न्यु एज अल्बम’ शिर्षकमा राखिएको छ । जसमा डेभिड आर्केन्स्टोनको फेअरी ड्रिमसहित अन्य तीन अल्बम पनि मनोेनयनमा परेका छन् ।

तस्बिरः मनोजको फेसबुक

प्रकाशित: Nov 24, 2019| 07:49 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्