आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवा भन्छन्- भारतले ओलीसँग सल्लाह गरेर नक्सा छापेको हो

देउवा भन्छन्- भारतले ओलीसँग सल्लाह गरेर नक्सा छापेको हो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै भारतले नक्सा छापेको आरोप लगाएका छन्।
 |  शनिबार, मंसिर ७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ७, २०७६

कास्की- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै भारतले नक्सा छापेको आरोप लगाएका छन्।

पोखरामा शनिबार भएको चुनावी सभामा उनले भने, “भारतले ओलीसँग सल्लाह नगरी नक्सा छाप्नै सक्दैन,” देउवाले भने।

भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश छ। यसको देशभर विरोध भइरहेको छ।

उनले प्रधानमन्त्री ओलीको राष्ट्रवादले कालापानीमा घुँडा टेकेको बताए। “ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवाद भएको छ,” उनले भने।

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भएको स्पष्ट पारे। “सन्धीमै महाकाली पूर्व नेपाल उल्लेख छ। महाकालीको पानीमा पनि आधा हक लाग्छ,” उनले भने।

ओली सरकारले भ्रष्टाचार बढाएको उनले बताए। “हरेक ठाउँमा भ्रष्टाचार बढेको छ। सरकारले अनावश्यक कर बढाएको छ,” उनले भने, “यतिमात्र होइन, संवैधानिक परिषदलाई शाही आयोगजस्तो बनाउँदैछ। कठपुतली बनाउन खोजिँदैछ।”

उनले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई मत दिन मतदातासँग आग्रह गरेका छन्।

यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनअन्तर्गत कास्की २ मा कांग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाएको छ।

देउवासहित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरू रामशरण महत, शेखर कोइराला, मिनेन्द्र रिजाल, गगन थापालगायत नेता सहभागी छन्।

प्रकाशित: Nov 23, 2019| 08:48 शनिबार, मंसिर ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।