काठमाडौं– मध्यपश्चिम विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न कार्यविधी तयार पारेको छ। विश्वविद्यालयले तयार पारेको परिक्षा सञ्चालन, व्यवस्थापन र मूल्यांकन कार्यविधि २०७८ मा वैकल्पिक र भौतिक माध्यमबाट परीक्षा सञ्चालन गर्ने उल्लेख छ
विश्वविद्यालयले परीक्षामा सहभागितका लागि विभिन्न विकल्प तय गरेको छ। कार्यविधिअन्तरगत सञ्चालन हुने परीक्षामा विद्यार्थीले
वैकल्पिक वा भौतिक विधिमध्ये कुनै एक रोजेको विधिबाट परीक्षा दिन पाउनेछन्। यस्तै परीक्षामा सहभागी हुने विकल्प छनौटका लागि बढीमा पाँच दिनको समय दिएर परीक्षा व्यवस्थापन कार्यालयले एउटा प्रश्नावली तयार गरी गुगुल सिटमा उत्तर प्राप्त हुने गरी विद्यार्थीलाई सम्बन्धित क्याम्पसस्थित परीक्षा केन्द्रबाट लिंक उपलब्ध गराइने भएको छ।
यसपछि सम्बन्धित परीक्षा केन्द्रबाट प्राप्त विवरण भरेर सम्पूर्ण विद्यार्थीले वैकल्पिक वा भौतिक विधिमध्ये कुनै एक विधि छनोट गरी पठाउनुपर्नेछ। परीक्षा विधि छनोट प्रश्नावलीमा सहभागी नभएका विद्यार्थीले भने भौतिक विधिअन्तर्गत
परीक्षा दिनुपर्ने कार्यविधिमा उल्लेख छ। यस्तै विद्यार्थीले एक पटक कुनै परीक्षा विधि छनोट गरिसकेपछि सो विधि परिवर्तन गर्न नपाइने व्यवस्था छ। दुई वा दुईभन्दा बढी सेमेस्टरको परीक्षामा सहभागी हुने परीक्षार्थीले कुनै एक विधिबाट मात्र सबै सेमेस्टरको परीक्षामा सहभागी हुन पाउनेछन्।
परीक्षा सञ्चालन प्रक्रिया सम्बन्धी व्यवस्था