आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महरा प्रकरणः उच्च अदालतद्वारा कैफियत ‘प्रतिवेदन माग

महरा प्रकरणः उच्च अदालतद्वारा कैफियत ‘प्रतिवेदन माग

 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

ललितपुर– निवर्तमान सभामुख कृष्णबहादुर महराद्वारा बलात्कार प्रयासको मुद्दामा उच्च अदालत पाटनले मुद्दाको प्रतिवेदन झिकाउने भएको छ।
महरालाई थुनिराख्नुको कारण तथा प्रमाणसहितको कैफियत प्रतिवेदन माग्ने आदेश मुख्य न्यायाधीश नहकुल सुवेदीले दिएका हुन्।

संघीय संसदको सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि करणी प्रयासको आरोपमा जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्ला अदालतको उक्त आदेशविरुद्ध महरा उच्च अदालत पुगेका हुन्।

जिल्ला अदालतका न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई थुनामा पठाएको हो। जिल्ला अदालतको आदेश बदर हुने वा नहुने निर्णय भने अर्को सुनवाईमा हुनेछ।

सरकारी वकिलले ७ सात वर्षको कैद मागसहित महरामाथि मुद्दा चलाएको छ ।

प्रकाशित: Nov 22, 2019| 11:00 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।