मंगलबार, असार २३, २०८३

नेपाल–इन्डिया फुटबल म्याच रंगशालामै गएर हेर्न पाइने

यही बिहीबार र आइतबार हुन लागेको नेपाल र इन्डियाबीचको खेल दर्शकले रंगशालामै पुगेर हेर्न पाउने भएका छन्।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

काठमाडौं– यही बिहीबार र आइतबार हुन लागेको नेपाल र इन्डियाबीचको खेल दर्शकले रंगशालामै पुगेर हेर्न पाउने भएका छन्। साफ च्याम्पियनसिप २०२१ को अन्तिम तयारीमा रहेका दुई देशले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्।  

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार कोभिडविरुद्धको भ्याक्सिन दुवै डोज लगाएका दर्शकले रंगशालाको प्यारापिटमै बसेर खेल हेर्न पाउनेछन्। ७२ घण्टाभित्रको नेगेटिभ पीसीआर रिपोर्ट देखाएर पनि रंगशाला प्रवेश गर्न पाइनेछ। टिकट अनलाइनबाट किन्न सकिनेछ तर मूल्य तय भइसकेकाे छैन। 

१५ हजार क्षमता रहेको दशरथ रंगशालामा नेपाल र इन्डियबीचको खेल हेर्न ५ हजार १००  दर्शक आउने अपेक्षा एन्फाको छ। २०१७ मा इन्डियाविरुद्ध खेलेपछि नेपालले पहिलो पटक दक्षिणी छिमेकीसँग खेल्न लागेको हो। चार वर्षअघिको खेलमा इन्डियाका सन्देश झिन्गन र लेजे लाप्पेखुलाले गोल गरेका थिए।

यता दशरथ रंगशालालाई आधार मानेर हेर्ने हो भने नेपालले काठमाडौंमा २०१५ को मार्च १७ मा भएको विश्वकप छनोटपछि पहिलो खेल खेल्न लागेको हो। त्यो छनोट खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो।

यी दुई टिमको इतिहास हेर्दा, नेपाल र इन्डिया १९ पटक आमनेसामने भएका छन्। जसमा नेपालले इन्डियालाई दुई पटक हराएको छ भने चार खेल बराबरीमा रोकिएका छन्। ती बाहेकका १३ खेल ब्लुज टाइगरको पोल्टामा परेको छ। नेपाल र इन्डियाले पहलो आधिकारीक खेल ३६ वर्षअघि खेलेको थियो। छिमेकी दुई देश नेपाल र इन्डियाबीचको खेल अवसर जुराएको थियो दोस्रो साग गेम्सले।

प्रकाशित: Sep 01, 2021| 12:50 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।