आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निर्माण व्यवसायीका मागबारे महासंघले जानकारी गरायो भौतिक पूर्वाधार मन्त्रीलाई

निर्माण व्यवसायीका मागबारे महासंघले जानकारी गरायो भौतिक पूर्वाधार मन्त्रीलाई

 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

काठमाडौं । आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागका विषयमा शुक्रवार नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवलाई जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री वसन्त नेम्वाङ तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटालाई भेटेको हो ।

भेटमा मन्त्री नेम्वाङले आफूले भर्खरै पदभार ग्रहण गरेकाले व्यवसायीको मागमा अध्ययन गरिरहेको बताए । समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न व्यवसायीको भूमिका महत्वपूर्ण हुने भन्दै मन्त्री नेम्वाङले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्न सरकार तयार रहेको बताए ।

महासंघ अध्यक्ष सिंहले सरकारले विगतमा आफैले गरेको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै आन्दोलनमा जानु व्यवसायीको रहर नभई बाध्यता भएको प्रष्ट पारे ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटाले महासंघका मागका विषयमा माथिल्लो निकायमा नै गम्भीर छलफल चलिरहेको जानकारी दिए । ऐन संशोधन गरेरर व्यवसायीहरुको माग सम्बोधन गर्न सहजीकरणको भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत सचिव सापकोटाले व्यक्त गरे ।

 

प्रकाशित: Nov 22, 2019| 10:43 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्