आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीमा रक्षाका लागि तत्परता देखाउन सरकारलाई विशिष्ट व्यक्तिहरुको आह्‍वान

सीमा रक्षाका लागि तत्परता देखाउन सरकारलाई विशिष्ट व्यक्तिहरुको आह्‍वान

मुलुकका केही विशिष्ट व्यक्तिहरुको समूहले भारतले गरेको सीमा अतिक्रमणको तत्काल वार्ताका माध्यमबाट समाधान खोज्न आह्वान गरेको छ।
 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

काठमाडौं- मुलुकका केही विशिष्ट व्यक्तिहरुको समूहले भारतले गरेको सीमा अतिक्रमणको तत्काल वार्ताका माध्यमबाट समाधान खोज्न आह्वान गरेको छ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, ज्येष्ठ नागरिक अभियन्ता डा. गौरीशंकर लाल दास, पूर्व प्रधानन्याायधीश शुशिला कार्की तथा वरिष्ठ पत्रकार भैरव रिसाललगायत २५ जना विशिष्ट व्यक्तिहरुले सीमा रक्षाका लागि सरकारलाई जागरुक हुन सचेत गराएका हुन्।

नेपालको पश्चिम सीमा क्षेत्र, लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्रमा अतिक्रमण गरी हालै आएर सो क्षेत्रलाई आफ्नो सीमा देखाई भारत सरकारका तर्फबाट प्रस्तुत गरिनु, भारत जस्तो विशाल, शक्तिशाली र प्रजातान्त्रिक मुलुकका लागि कदापि शोभनीय विषय नहुने भन्दै सरकारलाई सजग गराइएको छ।

यो विषयमा सरकारले तत्काल कूटनीतिक वार्ताद्वारा समाधान खोज्नुपर्नेमा विशिष्ट व्यक्तिहरुले जारी गरेको आह्वान पत्रमा जोड दिइएको छ।

पत्रमा नेपाल सरकारले सुगौली सन्धिको आधारमा लिम्पियाधुरासम्म नेपालको सीमा रहेको ऐतिहासिक तथ्य प्रमाणसहित तत्काल नक्सासमेत श्वेत पत्र जारी गरोस् र देशव्यापी रुपमा त्यसको वितरण र विदेशमा रहेका नियोग तथा नेपालका मित्रहरु समेतलाई सो नक्सा उपलब्ध गराइयोस् भन्ने माग गरिएको छ।

त्यस्तै भारतले प्रकाशित गरेको नयाँ नक्सामा विरोध जनाई भारतलाई पत्र पठाइयोस् भन्ने पनि माग गरिएको छ।

त्यसैगरी सुगौली सन्धिको धारा ५ को आधारमा उपलब्ध नक्सा, ऐतिहासिक दस्तावेज तथा नदी विज्ञानका आधारमा भारतसँग वार्ता गर्न अविलम्ब कदम चालियोस् भन्ने माग गरिएको छ।

विभिन्न ९ वटा बुँदामा मागहरु राखिएको आह्वानकर्ता माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी, डा. गौरीशंकर लाल दास, हिमालय शम्शेर जबरा तथा भैरव रिसाल रहेका छन्।

त्यसैगरी उपेन्द्रमान मल्ल, केदारभक्त माथेमा, गौरी बहादुर कार्की, डा. चैतन्य मिश्र, डा. तुल्सीराम वैद्य, द्वारिकानाथ ढुङ्गेल, प्रा.डा. नरेन्द्रराज खनाल, डा. पिताम्बर शर्मा, बैरागी काँइला रहेका छन्।

त्यस्तै आह्वानकर्ताहरुमा शान्ता श्रेष्ठ, ई. सन्त बहादुर पुन, स्वनाम साथी, हिरण्यलाल श्रेष्ठ, प्रा.डा. त्रिरत्न मानन्धर, राजेन्द्र सुवेदी, शान्ता मानवी, सुशीला कार्की, बुद्धिनारायण श्रेष्ठ, श्याम श्रेष्ठ र डा. जगत कुमार भुसाल रहेका छन्।

प्रकाशित: Nov 22, 2019| 09:37 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।