आइतबार, साउन ३१, २०८३

माछापुच्छ्रे बैंकबाट अष्ट्रेलियन डलर साट्न सकिने

 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

काठमाडौं । माछापुच्छ्रे बैंकले अष्ट्रेलियन डलर आयात गरी ग्राहकलाई बिक्री शुरु गरेको छ । हाल बजारमा रहेको अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न माछापुच्छ्रे बैंकले विदेशबाट अष्ट्रेलियन डलर खरिद गरि ग्राहकहरुलाई सटही सुविधा प्रदान गर्न लागेको हो ।

विदेश जाने नेपालीहरुले विदेशको भिसा लागेपछि अधिकतम १,५०० अमेरिकी डलर बराबरको अष्ट्रेलियन डलर साट्न पाउने प्रावधान रहेपनि हाल नेपाली बजारमा देखिएको अष्ट्रेलियन डलरको अभावले अधिकांश नेपालीले सहजरुपमा अष्ट्रेलियन डलर प्राप्त गर्न सकिरहेका छैनन् ।

सोहि समस्यालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकले तोेके बमोजिम पासपोर्ट, भिसा र कन्फर्म एयर टिकट साथमा लिएर आउने ग्राहकलाई काठमाडौँ उपत्यकाभित्र रहेका शाखाहरुमार्फत अष्ट्रेलियन डलर साट्न पाउने सुविधा ल्याएको हो ।

बैंकले काठमाडौं उपत्यकाभित्रका शाखा कार्यालयहरु लाजिम्पाट, पुतलीसडक, नक्साल, नयाँ बानेश्वर, पाटन, चावहिल, थापाथली, बालुवाटार, चापागाउँ, बौद्ध, भक्तपुर, न्यूरोडबाट अष्ट्रेलियन डलर उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

प्रकाशित: Nov 22, 2019| 07:27 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्