सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • महान्यायधिवक्ताले लगाए इजरायलका प्रधानमन्त्रीमाथि भ्रष्टाचारको अभियोग

महान्यायधिवक्ताले लगाए इजरायलका प्रधानमन्त्रीमाथि भ्रष्टाचारको अभियोग

 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि भ्रष्टाचार अभियोग लागेको छ । उनलाई त्यहाँको अदालतका महान्यायाधिवक्ताले अभियोग लगाएका हुन् ।

National life

धनाढ्य व्यापारीहरुसँग उपहार लिएको अभियोग नेतान्याहुमाथि छ । उनीमाथि घूस लिएको, ढाँटछल गरेको र विश्वासघात गरेको तीनवटा अभियोग लगाइएको छ ।

भ्रष्टाचारको अभियोग लागे पनि नेतान्याहुले पदबाट राजीनामा दिन भने अस्वीकार गरेका छन् । उनले आफूमाथि गम्भीर षड्यन्त्र भएको आरोप लगाउँदै आफू पद त्याग गर्न बाध्य नभएको जिकिर गरेका छन् । आफूलाई पदबाट हटाउन विपक्षी र मिडियाले फसाएको उनको तर्क छ ।

इजरायलमा केही समयदेखि राजनीतिक गतिरोधको अवस्था छ । इजरायलका विपक्षी नेता बेनी ग्यान्जले नेतान्याहुले बहुमत संसदलाई नेतृत्व दिन नसकेको आरोप लगाएका छन् ।

बीबीसी

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Nov 22, 2019| 03:56 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।