शनिबार, कात्तिक २९, २०८२

युरोप जाँदै ‘शुभलभ’

चलचित्र ‘शुभलभ’ युरोपका विभिन्न देशमा प्रदर्शन हुने भएको छ।
 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

काठमाडौं- चलचित्र ‘शुभलभ’ युरोपका विभिन्न देशमा प्रदर्शन हुने भएको छ।

National life

निर्देशक सन्तोषबाबु लोहनीका अनुसार ‘शुभलभ’ आगामी डिसेम्बरदेखि फेब्रुअरीसम्म बेलायत, जर्मनी, बेल्जियम, फिनल्याण्ड र स्पेनमा प्रदर्शन हुन लागेको हो। 

नेपाली चलचित्रको प्रवद्र्धनका लागि विदेशमा प्रदर्शन गर्न लागिएको निर्देशक लोहनीले बताए। उनका अनुसार युरोपमा चलचित्र प्रदर्शनका लागि एनआरएनएलगायत संघसंस्थाले सहयोग गरेका छन्। 

बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘शुभलभ’ गत चैत १५ गते रिलिज भएको हो। चलचित्रमा हरिहर अधिकारी र कृष्टिना पौडेलको मुख्य भूमिका छ। उनीहरूले यसै चलचित्रबाट कलिउडमा ‘डेब्यु’ गरेका हुन्। 

चलचित्रमा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदीप बास्तोला, अनुज पाण्डे, सूर्या थापा लगायतले अभिनय गरेका छन्। 

Laxmi sunrise bank
kumari

चलचित्र प्रेम कथामा आधारित छ। प्रेम कथाका फिल्म हेर्न रुचाउने दर्शकले यसबाट भरपूर आनन्द लिन सक्ने निर्देशक लोहनी बताउँछन्। 

चलचित्र तातोपानी कुण्ड, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, देवघाट, पोखरालगायत क्षेत्रमा छायांकन गरिएको छ। नेपालका पर्यटकीय गन्तव्यमा चलचित्र छायांकन गरिएकाले ‘भ्रमण वर्ष २०२०’लाई सहयोग पुर्याउने लोहनीको दाबी छ।

प्रकाशित: Nov 22, 2019| 02:41 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्