शुक्रबार, जेठ १, २०८३

थाइल्याण्डमा भूकम्प

थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६ दशमलव ४ म्याग्नीच्युडको भूकम्प गएको छ।
 |  बिहीबार, मंसिर ५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ५, २०७६

National life

थाइल्याण्ड - थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६ दशमलव ४ म्याग्नीच्युडको भूकम्प गएको छ।

भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन्। थाइल्याण्डको मौसम विज्ञान विभागका महानिर्देशक सोम्साक खावसुवानले १०० भन्दा बढी कम्पन भएको जानकारी दिए।

स्थानीय समयानुसार नोभेम्बर २० तारिखको राती ११ बजेसम्ममा १०० पटक पराकम्पन भएको उनले बताए। महानिर्देशक सोम्साकले ६ दशमलव ४ म्याग्नीच्युडको सवै भन्दा ठूलो भूकम्प स्थानीय समयानुसार बिहीबार विहान ६ बजेर ५० मिनेटमा गएको जानकारी दिए।

भूकम्पका कारण विद्यालयहरु बन्द गरिएका छन्। हालसम्म ठूलो क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छन्।

प्रकाशित: Nov 21, 2019| 10:17 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।