सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • प्रदूषित सहर दिल्लीमा अक्सिजन बार, ३०० भारुमा शुद्ध अक्सिजन

प्रदूषित सहर दिल्लीमा अक्सिजन बार, ३०० भारुमा शुद्ध अक्सिजन

 |  बिहीबार, मंसिर ५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ५, २०७६

नयाँ दिल्ली– विश्वकै सबैभन्दा प्रदूषित सहर मानिएको भारतको राजधानी नयाँ दिल्लीमा अक्सिजन बार खुलेको छ । यो बारले १५ मिनेटसम्मका लागि ग्राहकलाई सफा हावा प्रदान गर्छ । अक्सी प्योर नामक सो बारमा ३०० भारुमा ८० देखि ९० प्रतिशत शुद्ध अक्सिजन ग्यास पाइने बताइएको छ ।

National life

सहरको दक्षिणतर्फ रहेको एक मलमा अवस्थित सो बारमा ग्राहकहरुलाई ‘नोज ट्युब’ लगाउन दिइन्छ र त्यसपछि बास्नादार तेलमार्फत् अक्सिजनको बबल उत्पादन गरी सास फेर्न सकिन्छ । सो बारले प्रतिदिन ३० देखि ४० ग्राहकलाई सेवा दिने गरेको बताइएको छ । सो बारले सहरको धुलोधुवाँबाट वाक्क भएका ग्राहकलाई ताजा हावाको अनुभूति दिलाउन बोतलमा पनि शुद्ध अक्सिजन बिक्री गर्ने गरेको विक्री समेत गर्ने गरेको छ ।

केही समय अघि दिल्लीको प्रदूषणले सीमा नाघेपछि सरकारी निकायहरुले आपतकाल घोषण गर्दै विद्यालय बन्द गर्न निर्देशन दिएका थिए ।

एजेन्सी

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 21, 2019| 06:27 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।