बर्दिया- गुलरिया नगरपालिका-३ पुरानो सरजु नदी हुलाकी सडकमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गुलरिया नगरपालिका-१ का ३५ वर्षीय राजेश यादव छन्।
खैरापुरदेखि गुलरियातर्फ गइरहेको भे४प ७२१७ नम्बरको मोटरसाइकल नालामा पल्टिँदा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।
रासस