काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले हात्तीसार शाखामा आधुनिक चेक डिपोजिट मेसिन सञ्चालन गरेको छ।
ग्राहकलाई प्रभावकारी सुविधा पुर्याउन आधुनिक चेक डिपोजिट मेसिन सञ्चालन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मेसिन सञ्चालन भएसँगै सेवाग्राहीले छिटो र छरितो रूपमा आफ्नो चेक जम्मा गर्न सक्ने बैंकले जनाएको छ। यसबाट सेवा अझै सरल, सहज तथा छरितो भएको बैंकको विश्वास छ।
बैंकले देशभर १७२ शाखा (चार एक्सटेन्सन काउन्टरसहित) १०१ शाखारहित बैंकिङ सेवा, र एक हजार ६ सयभन्दा बढी पीओएस मेसिनमार्फत् सेवा दिइरहेको विज्ञप्तिमा उल्लेख छ।