आइतबार, साउन ३१, २०८३

२० हजार घूस लिएको आरोपमा मालपोतका कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग २० हजार घूस लिएको आरोपमा मालपोत कार्यालय राजस्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।
 |  बिहीबार, मंसिर ५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ५, २०७६

बनेपा । सेवाग्राहीसँग घूस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग २० हजार घूस लिएको आरोपमा मालपोत कार्यालय राजस्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुसबापतको रकम लिइसकेको अवस्थामा उनलाई मालपोत कार्यालय परिसरबाट नै अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।
रासस

प्रकाशित: Nov 21, 2019| 03:51 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।