आइतबार, साउन ३१, २०८३

मन्त्री हेरफेरपछि समाजवादी आकस्मिक छलफलमा

मन्त्रिपरिषद् पुर्नगठनपछि असन्तुष्ट बनेकाे सत्तारुढ समाजवादी पार्टीका नेताहरु छलफलमा जुटेका छन्। काठमाडौंमा ...
 |  बिहीबार, मंसिर ५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ५, २०७६

काठमाडौं- मन्त्रिपरिषद् पुर्नगठनपछि असन्तुष्ट बनेकाे सत्तारुढ समाजवादी पार्टीका नेताहरु छलफलमा जुटेका छन्।

काठमाडौंमा उपलब्ध समाजवादीका नेताहरुले विहान आठ बजेदेखि छलफलमा बसेका छन्।

छलफलमा नेताहरुले सरकारबाटै तत्कालै बाहिरिनु पर्ने निष्कर्षमा पुगेपनि अध्यक्ष उपेन्द्र यादवको आगमनलाई कुर्ने भएका छन्।

महासचिव रामसहायप्रसाद यादवले भने, 'अहिले हामी कुनै निर्णयमा पुगेका छैनौं। अध्यक्ष जी (उपेन्द्र यादव) दिल्लीबाट फर्केपछि मात्र निर्णय हुनेछ।'

संविधान संशोधन र सरकारमा सहभागी विषयमा दुई बुँदे सहमति गरी तत्कालिन संघीय समाजवादी फोरम (हाल समाजवादी पार्टी) सरकारमा सहभागी भएको थियो।

अध्यक्ष उपेन्द्र यादवलाई दोस्रो वरियता दिने आन्तरिक सहमति भएपनि अन्तिम समयमा तेस्रो वरियता दिइएको थियो।

यादव उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका थिए भने जनकपुरस्थित जानकी हेल्थ केयरका सञ्चालक डा सुरेन्द्र यादव स्वास्थ्य राज्य मन्त्री भएका थिए।

समाजवादीले शहरी विकास मन्त्रालयसमेत पाएको थियो। जसमा ईस्तियाक राई मन्त्री छन्।

तर, बुधबार भएको मन्त्रिपरिषद् पुर्नगठनबाट राज्यमन्त्रीको पद खोसिएको छ भने उपेन्द्र यादवलाई कानून मन्त्री बनाइएको छ। जसबाट समाजवादी भित्र असन्तुष्टि बढेको छ।

स्रोतका अनुसार पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादीलाई सरकारबाट हटाउन चाहेका छन्। तर, यादव भने सरकारभित्रै रहेर ओली र प्रचण्डबीचमा खेल्ने रणनीति लिएका थिए।

प्रकाशित: Nov 21, 2019| 03:24 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।