आइतबार, साउन ३१, २०८३

मन्त्रिपरिषद् पुनर्गठनमा नेकपामै असन्तुष्टि

बुधबार साँझ भएको मन्त्रिपरिषद् पुनर्गठनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मै असन्तुष्टि देखिएको छ।
 |  बिहीबार, मंसिर ५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ५, २०७६

काठमाडौं- बुधबार साँझ भएको मन्त्रिपरिषद् पुनर्गठनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मै असन्तुष्टि देखिएको छ।

पार्टीभित्र योगदान र कार्यसम्पादनलाई ध्यानमा नराखी मन्त्रिपरिषद् पुनर्गठन भएको भन्दै नेकपा नेता एवं प्रदेश २ का अध्यक्ष प्रभु साहले असन्तुष्टि जनाएका छन्।

नेता साहले भने, “मन्त्रिपरिषद् पुनर्गठनमा सामान्य कम्युनिष्ट मूल्यमान्यताको पनि पालना भएको छैन। गुट–उपगुटका आधारमा मन्त्री बनाइएको छ।”

उनका अनुसार कार्यसम्पादनका आधारमा मन्त्री चयन गर्ने भनिएको थियो । तर, अन्तिममा पूर्वाग्रह र लेनदेनकै आधारमा मन्त्री चयन भएको साहले बताए। योग्यलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउँदा पुनः एक पटक लज्जित हुनुपरेको उनकाे भनाइ छ। 

प्रकाशित: Nov 21, 2019| 02:55 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।