आइतबार, साउन ३१, २०८३

थपिएका ९ मन्त्रीको सपथ आज ११ बजे

प्रधानमन्त्री केपीशर्मा ओलीले भित्र्याएका ६ मन्त्री र ३ राज्यमन्त्रीको सपथ बिहीबार (आज) बिहान हुने भएको छ । राष्ट्रपति कार्यालयमा ...
 |  बिहीबार, मंसिर ५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ५, २०७६

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले भित्र्याएका ६ मन्त्री र ३ राज्यमन्त्रीको सपथ बिहीबार (आज) बिहान हुने भएको छ ।

बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण राखिएको छ ।

सपथका लागि प्रधानमन्त्री ओलीले बुधबार बेलुका नै राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीको सूचीसहित पत्र पठाएका थिए । राष्ट्रपतिको कार्यालयले बिहीबार बिहान ११ बजेका लागि सपथको समय दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले हृदयेश त्रिपाठीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, घनश्याम भुसाललाई कृषि तथा पशुपन्छी विकासमन्त्री, लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको रुपमा भित्र्याएका छन् ।

यस्तै प्रधामन्त्रीले रामेश्वरराय यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, वसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री, पार्वत गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको जिम्मेवारी दिएका छन् ।

त्यसैगरी मोतीलाल दुगड उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री र नवराज राउत स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

पदमुक्त हुने मन्त्रीहरुमा तत्कालीन एमाले कोटाबाट सरकारमा सामेल भएका भौतिक पूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा छन् ।

यस्तै पूर्व माओवादीबाट मन्त्री बनेका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरी पदमुक्त भएका छन्।

केपी ओली ३ फागुन ०७४ मा प्रधानमन्त्रीमा निर्वाचित भएपछि मन्त्रिपरिषद् विस्तार भएको यो आठौँपटक हो ।

प्रकाशित: Nov 21, 2019| 02:28 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।