आइतबार, साउन २४, २०८३

विद्यालय तहमा विद्यार्थीको मूल्याङ्कन अक्षराङ्कन पद्धतिमा हुने

पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्र २०७७ देखि विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ।
 |  बुधबार, मंसिर ४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ४, २०७६

काठमाडौं – पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्र २०७७ देखि विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ।

नयाँ पाठ्यक्रम प्रणालीअनुसार विद्यार्थीको मूल्याङ्कन पद्धति पनि फेरिएको छ। अबदेखि विद्यार्थीको मूल्याङ्कन अक्षराङ्कन पद्धतिमा गरिने छ।

यसअघि नतिजा अक्षराङ्कन पद्धतिमार्फत् निकाले पनि मूल्याङ्कन भने अंकमा हुँदै आएको थियो।

नयाँ पाठ्यक्रमअनुसार विद्यालय तहमा क्रेडिट आवरका आधारमा पढाइ हुनेछ। जसअनुसार कक्षा ११ र १२ मा हप्तामा २७ घण्टा तथा ८–१० सम्म हप्तामा ३२ घण्टाको क्रेडिट आवर कायम गरिएको छ।

आगामी शैक्षिक सत्रदेखि लागू हुने पाठ्यक्रममा कक्षा ४ देखि ८ सम्म ‘मानव मूल्य शिक्षा’ विषय समेटिएको छ। हाल कायम नैतिक शिक्षालाई परिवर्तन गरी मानव मूल्य शिक्षा बनाइएको छ। अहिले नैतिक शिक्षा कक्षा ६–८ सम्म मात्र पढाइ हुँदै आएको छ।

अनिवार्य विज्ञान विषयलाई पनि विज्ञान तथा प्रविधि विषय बनाइएको छ।

त्यस्तै, कक्षा ९–१० मा अनिवार्य रहेको स्वास्थ्य, जनसंख्या तथा वातावरण विषय हटाइएको छ। स्वास्थ्य, जनससंख्या र वातावरणलाई तीनवटा अलगअलग विषयमा विभाजन गरी ऐच्छिक विषयका रूपमा समावेश गरिएको छ।

कक्षा ११ र १२ दुवैमा अनिवार्य नेपाली विषय थप गरिएको छ। यसअघि संकायअनुसार कसैले कक्षा ११ र कसैले कक्षा १२ मा नेपाली विषय पढ्थे। यस्तै कक्षा १२ मा जीवनोपयोगी शिक्षा समावेश गरिएको छ।

 

प्रकाशित: Nov 20, 2019| 13:35 बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्