आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श्रीलंकाका राष्ट्रपति राजपाक्षेले दाइलाई बनाए प्रधानमन्त्री

श्रीलंकाका राष्ट्रपति राजपाक्षेले दाइलाई बनाए प्रधानमन्त्री

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले आफ्नै दाई एवम् पूर्व राष्ट्रपति तथा प्रधानमन्त्री महिन्दा राजपाक्षेलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
 |  बुधबार, मंसिर ४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ४, २०७६

एजेन्सी- श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले आफ्नै दाई एवम् पूर्व राष्ट्रपति तथा प्रधानमन्त्री महिन्दा राजपाक्षेलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

श्रीलंकाली संचारमाध्यमहरुका अनुसार गाटाबायाले नयाँ प्रधानमन्त्रीमा दाई महिन्दा राजपाक्षेलाई चयन गर्ने घोषणा गरेका छन्।

महिन्दा राजपाक्षे सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति थिए। उनको शासनकालमा गोटाबाया रक्षा मन्त्री रहेका थिए।

राजपाक्षे दुई पटक प्रधानमन्त्री भइसकेका छन्। त्यसअघि वकिल पेशामा रहेका महिन्दा राजपाक्षे सन् १९७० मा पहिलो पटक श्रीलंकाको सांसदमा निर्वाचित भएका थिए।

पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री बनेका उनी त्यसको अर्को वर्ष राष्ट्रपतिमा निर्वाचित भएका थिए।

यसपछि गत सन् २०१८ को अक्टोबर २६ मा उनी तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरिसेनाको राष्ट्रपतीय कालमा प्रधानमन्त्री भएका थिए। त त्यसको केही दिनमै उनले सो पद गुमाएका थिए।

प्रकाशित: Nov 20, 2019| 13:34 बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।