आइतबार, साउन ३१, २०८३

इन्धनको मूल्य तत्काल नबढ्ने

नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि सर्वसाधारणको हितलाई मध्यनजर राख्दै मूल्य यथावत राखिएको निगमले जनाएको छ।
 |  बुधबार, मंसिर ४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ४, २०७६

काठमाडौं - नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि सर्वसाधारणको हितलाई मध्यनजर राख्दै मूल्य यथावत राखिएको निगमले जनाएको छ।

गत कात्तिक ३० गते इण्डियन आयल कर्पोरेशन (आइओसी)ले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ६५ पैसा वृद्धि भएर आएको छ भने डिजेलमा प्रतिलिटर ८० पैसा घटेर आएको छ। आइओसीले प्रत्येक १५/१५ दिनमा इन्धनको नयाँ मूल्यसूची पठाउने गरेको छ। सोही मूल्यलाई आधार मानेर निगमले मूल्य समायोजन गर्दै आएको थियो।

अहिले काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा, हवाई इन्धन (बाह्य) प्रतिलिटर १ अमेरिकी डलर तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३५० रहेको छ।

प्रकाशित: Nov 20, 2019| 12:24 बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।