आइतबार, साउन ३१, २०८३

उपनिर्वाचनका लागि मतपत्र ढुवानी शुरु

 |  बुधबार, मंसिर ४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ४, २०७६

काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदका लागि यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मतपत्रको ढुवानी शुरु भएको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले उपनिर्वाचनका लागि मतपत्र छाप्ने कार्य पूरा भएसँगै आजैदेखि मतपत्र र मतदाता परिचयपत्रको ढुवानी शुरु गरिएको सञ्चारकर्मीलाई जानकारी दिए ।

आगामी ७ गतेम्ममा सबै निर्वाचन क्षेत्रमा मतपत्र र मतदाता परिचयपत्र पुगिसक्नेछ । ती सामग्री आयोगले मुख्य निर्वाचन अधिकृतलाई बुझाउनेछ । मतपत्र र मतदाता परिचयपत्र अति संवेदनशील निर्वाचन सामग्री भएकाले यसको ढुवानीको जिम्मा नेपाली सेनालाई दिइएको पनि उनले जानकारी दिए । सेनाले ती सामग्री सुगमस्थानमा गाडीबाट पुर्याउनेछ भने दुर्गम स्थानमा हेलिकोप्टरको माध्यमबाट ढुवानी गर्नेछ ।

उपनिर्वाचनका लागि आयोगले मतदाता शिक्षा कार्यक्रम मङ्सिर ५ देखि ११ गतेसम्म सञ्चालन गर्नेछ । प्रत्येक वडामा दुई जनाका दरले मतदाता शिक्षा कार्यकर्ता खटाइने र उनीहरुले मतदाता शिक्षासम्बन्धी सामग्री लिएर मतदाताको घरदैलोमै पुगेर कसरी मतदान गर्ने भन्ने बारेमा शिक्षा प्रदान गर्नेछन् ।

मतदाता शिक्षा दिन खटिएका स्वयम्सेवकसँग मतदाता परिचयपत्र, मतदान केन्द्रबारे आवश्यक जानकारी लिई आफूलाई मन परेको उम्मेदवारलाई कसरी अमूल्य मत प्रयोग गर्ने भन्ने कुराको जानकारी लिनेबारे चनाखो हुन पनि आयोगले मतदातासग आग्रह गरेको छ ।

यसैबीच, निर्वाचन पर्यवेक्षणका लागि आठवटा संस्थाले आवेदन गरेकामा तीमध्ये सर्त पूरा गर्ने चारवटा संस्थाले हालसम्म अनुमति प्राप्त गरेको पनि आयुक्त दाहालले जानकारी दिए । बाँकीले पनि आयोगको निर्देशिकामा उल्लेख भएको मापदण्ड पूरा गरे भने उनीहरुले पनि अनुमति प्राप्त गर्ने छन् । उम्मेदवार, राजनीतिक दल र आमजनता उपनिर्वाचनमा होमिएको हुँदा मुुलुकको वातावरण निर्वाचनमय भएको पनि उनले बताए ।

यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य तीन पदका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यस्तै, स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ गरी ४८ पदका लागि २७३ जनाको उम्मेदवारी कायम भएको छ ।

उनले भने “निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन राजनीतिक दल र सरोकारवाला पक्ष सक्रिय रहेको र मतदाता पनि उत्सुक भएका कारण अहिले वातावरण निर्वाचनमय भएको छ ।
रासस

प्रकाशित: Nov 20, 2019| 12:09 बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।