शनिबार, कात्तिक २९, २०८२

ब्रिसबेनमा नेपथ्यको ‘रातो र चन्द्रसूर्य’

नेपथ्यले मंगलबार अष्ट्रेलियाको ब्रिसबेनमा आफ्नो प्रस्तुती दिएको छ। ब्याण्डको यसवर्षको श्रृंखलावद्ध अष्ट्रेलिया यात्राको प्रथम कन्सर्ट ब्रिसबेनमा सम्पन्न भएको हो।
 |  बुधबार, मंसिर ४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ४, २०७६

ब्रिसबेन - नेपथ्यले मंगलबार अष्ट्रेलियाको ब्रिसबेनमा आफ्नो प्रस्तुती दिएको छ। ब्याण्डको यसवर्षको श्रृंखलावद्ध अष्ट्रेलिया यात्राको प्रथम कन्सर्ट ब्रिसबेनमा सम्पन्न भएको हो।

National life

ब्रिसबेनको‘फोर्टिच्यूड म्यूजिक हल’मा दुई हजारभन्दा बढी दर्शकको उपस्थितिमा नेपथ्यले आफ्नो प्रस्तुती दिएको हो। मंगलबार ब्रिसबेनको प्रस्तुतीसँगै नेपथ्यले अष्ट्रेलियामा सुरु गरेको यात्रा को ६ प्रस्तुति मध्ये पहिलो कार्यक्रम सम्पन्न भयो।

कन्सर्टमा ब्यान्डले ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘लाम्पाते सुरती’, ‘चरि मर्‍यो’, ‘जोमसोमे बजारमा’ जस्ता एकपछि अर्को सर्वकालीक हिट गीतहरु प्रस्तुत गरेको थियो। यस्तै कार्यक्रममा ‘यो जिन्दगानी’, ‘रेशम’ र ‘तालको पानी’ जस्ता गीतहरु बज्दा दर्शकहरु निकै रमाइरहेका थिए। त्यसैगरि नयाँ एल्बमबाट नेपथ्यले ‘नैना ताल’ सुनाएको थियो। विश्वयुद्ध लड्न भारतीय गोर्खा फौजमा गएका लाहुरेहरुले उतिबेला बनाएको यो गीतलाई गायक अमृतले आफ्ना पूर्वजहरुबाट सुनेको अनुभवबाटै निखारेर प्रस्तुत गरेका हुन्। कार्यक्रमको अन्त्य भने ‘रातो र चन्द्रसूर्जे’बाट गरिएको थियो।

प्रस्तुती दिँदै गर्दा गायक अमृतले भने, ‘सबै उमेर र वर्गका दर्शकहरुलाई यसरी एकै ठाउँमा आएर नेपाली संगीतमा रमाएको देख्दा गौरव महशुस भइरहेको छ, तपाइहरुको यो साथ र माया को निम्ति म धन्यवाद दिन चाहन्छु।’

Laxmi sunrise bank
kumari

‘ब्रिसबेनमा नेपाली कलाकारको यो आजसम्मकै ठूलो मात्र होइन सबैभन्दा व्यवस्थित प्रस्तुती पनि बन्नपुगेको आयोजक संस्था ‘माउन्ट ८८४८ इभेन्ट्स’ का टोली सदस्य सुनिल बस्नेतले बताए।

टोलीले अबको यात्रा डार्बिनतर्फ गर्नेछ, जहाँ नोभेम्बरको २२ तारिखमा फेरि नेपथ्य घन्किने छ।

प्रकाशित: Nov 20, 2019| 11:10 बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्