आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्री योगेशले भने, ‘राम्रो काम नदेखे हटाउँछु, अदालत नधाउनुहोला’

मन्त्री योगेशले भने, ‘राम्रो काम नदेखे हटाउँछु, अदालत नधाउनुहोला’

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजनीतिक नियुक्ति लिएर आएका कर्मचारीलाई राजीनामा दिन निर्देशन दिएका छन्।
 |  बुधबार, मंसिर ४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ४, २०७६

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजनीतिक नियुक्ति लिएर आएका कर्मचारीलाई राजीनामा दिन निर्देशन दिएका छन्।

बुधबार मन्त्रालयस्तरीय बैठकमा मन्त्री भट्टराईले राम्रो काम गर्न नसकेका र राजनीतिक नियुक्ति लिएर आफू मातहतका विभिन्न कार्यलय प्रमुखहरुलाई राजीनामा दिएर सरकारलाई सहयोग गर्न भनेका हुन्।

‘राजनीतिक नियुक्ति लिएर बसेकाहरुले राजीनामा दिनुहोस् पछि हामीले निकाल्दा रुँदै अदालत जाने होइन’ उनले भने। उनले सन्तोषजनक काम नगरेका कर्मचारीहरुलाई विदेश जान पनि रोक लगाउन निर्देशन दिएका छन्।

मन्त्री भट्टराइले विभिन्न कार्यलयका प्रमुखहरुले दिएको कार्यप्रगति विवरण काम चलाउ मात्र भएको र आगामी बैठकमा राम्रोसँग कार्यप्रगति प्रस्तुत गर्न निर्देशन दिए।

आगामी बैठकमा भ्रमणवर्ष सफल पार्नका लागि मन्त्रालय र मातहतका कर्मचारीहरुले गर्ने कामको विवरण समेत सार्वजनिक गर्न उनले कर्मचारीहरुलाई निर्देशन दिए।

प्रकाशित: Nov 20, 2019| 09:34 बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।