काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलको संयोजक फेरेको छ।
चक्रीय प्रणाली अनुसार बिहीबारदेखि लागू हुने गरी अध्यक्ष मण्डलको संयोजक राजेन्द्र महतो बनेका छन्।
मंगलबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले महतोलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो।
पछिल्लो दुई महिना महन्थ ठाकुर संयोजक थिए।
राजपाको विधानअनुसार प्रत्येक दुई–दुई महिनामा अध्यक्ष मण्डलको संयोजक फेरिनेछ। राजपा अध्यक्ष मण्डलमा ६ जना सदस्यहरु छन्।
राजपाले पार्टीको महाधिवेशन नहुने बेलासम्मका लागि अध्यक्षमा चक्रीय प्रणाली लागू गरेको हो।