धनगढी । बैतडीमा वडाध्यक्ष मृत अवस्थामा भेटिएका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ का अध्यक्ष राजबहादुर चन्द आमचौरा भन्ने स्थानमा बुधबार बिहान मृत भेटिएका हुन्।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले चन्द बीच बाटोमा मृत अवस्थामा भेटिएको जानकारी दिए। उनको मृत्युको कारण नखुलेको र मंगलबार पञ्चेश्वरमा लागेको मेलाबाट घर फर्किंदै गरेको भन्ने बुझिएको पाण्डेले जानकारी दिए।
प्रहरी टोली घटनास्थलतर्फ गइरहेकोले विस्तृत जानकारी टोली पुगेपछि मात्र पाउने पाण्डेयले बताए। स्थानीयले भने चन्द रातिको समयमा चिप्लिएर लडेको र ज्यान गएको हुन सक्ने बताएका छन्।
करिब ५० वर्षीय चन्द नेपाली कांग्रेसको तर्फबाट विजयी भएका थिए।