काठमाडौं । सेवाग्राहीबाट लिएको १० हजार रुपैयाँ घूससहित ललितपुरबाट एक इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका–२८ का इन्जिनियर महेन्द्र महर्जन घूस रकमसहित पक्राउ परेका हुन्।
सेवाग्राहीको घरको निर्माण सम्पन्नपश्चात निर्माण सम्पन्न भएको प्रमाणपत्र दिनका लागि भनेर लिएको १० हजार घूससहित इन्जिनियर महर्जन पक्राउ परेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
आयोगको काठमाडौं टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले महर्जनलाई घूस रकम लिइसकेको अवस्थामा वडा कार्यालयबाट मंगलबार पक्राउ गरेको कोइरालाले जानकारी दिए।