शुक्रबार, जेठ १९, २०८०

कांग्रेसका नेता र सांसद्‍बीच सडकमै कुटाकुट

नेपाली कांग्रेसका नेता र सांसद्‍बीच वीरगञ्जमा कुटाकुट भएको छ । आदर्शनगरस्थित बब्लु टी स्टलको अगाडि सडकमै दुई नेताबीच कुटाकुट भएको प्रहरीले जनाएको छ।
 |  बुधबार, मंसिर ४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ४, २०७६

वीरगञ्ज- नेपाली कांग्रेसका नेता र सांसद्‍बीच वीरगञ्जमा कुटाकुट भएको छ । आदर्शनगरस्थित बब्लु टी स्टलको अगाडि सडकमै दुई नेताबीच कुटाकुट भएको प्रहरीले जनाएको छ।

Everest Bank

पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठोरका अनुसार बिहान पौने आठ बजेतिर प्रदेशसभा सदस्य समेत रहेका कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज पूर्वनगर सभापति भोला कलवारबीच कुटाकुट भएको हो ।

कुटपिटपछि घाइते भएका दुबै नेतालाई नारायणी उपक्षेत्रीय अस्पताल लगिएको थियो ।

सडकको वारिपारि रहेका प्रदेश सभा सदस्य शर्मा र नगर सभापति कलवार एक अर्कालाई गालिगलौज गर्दै कुटपिटमा उत्रिएको प्रत्यक्षदर्शीले बताएका छन् । कुटपिटका क्रममा दुबैको नाकबाट रगत बगेको प्रत्यक्षदर्शीले बताए ।

विवादकाे चुराे के हो ?

National life insurance
Metro Mart

वीरगञ्ज महानगरपालिकाको सभागृह (टाउन हल) कलवारले लिजमा लिएका छन् । बुझिए अनुसार दुई वर्ष अघि नगरपालिकासँग भएको सम्झौता अनुसार कलवारले उक्त टाउनहल मासिक रु. ५ हजार भाडा बुझाउने र मर्मतसम्भार गर्ने शर्तमा लिजमा लिएका हुन् ।

तर, उक्त टाउनहलमा कुनै समारोह वा भोज गरेवापत एक दिनकै भाडा दुई तीन लाख उठ्ने गरेको छ । कलवार र महानगरपालिकाबीच भएको सम्झौताले नगरपालिकालाई ठूलो घाटा पुगेको र सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको भन्दै शर्माले कुरा उठाउने गरेका थिए ।

आज विहान स्थानीय बब्लु टि पसलमा चिया खान पुगेका दुई जनाबीच यसै विषयमा विवाद शुरु भयो । विवाद बढ्दै जाँदा दुबै पक्षका कार्यकर्ताहरु समेत भेला भएर हात हालाहाल समेत भयो ।

प्रकाशित: Nov 20, 2019| 06:20. 02 बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्