आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिरहाबाट डिजेलसहित हराएको ट्यांकर धनुषामा रित्तो भेटियो

सिरहाबाट डिजेलसहित हराएको ट्यांकर धनुषामा रित्तो भेटियो

सिरहाको लहानबाट हराएको डिजल ट्यांकर धनुषामा बरामद भएको छ। प्रहरीले धनुषाको सपहीमा प्रहरीले ट्यांकर फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका ...
 |  बुधबार, मंसिर ४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ४, २०७६

जनकपुरधाम- सिरहाको लहानबाट हराएको डिजल ट्यांकर धनुषामा बरामद भएको छ। प्रहरीले धनुषाको सपहीमा प्रहरीले ट्यांकर फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित राजदेवी मन्दिरनजिक रोकेर राखेको अवस्थामा ट्यांकर फेला परेको जानकारी दिए।

रित्तो अवस्थामा बरामद गरिएको ट्यांकर सिरहा प्रहरीलाई बुझाइएको छ।

अमलेखगन्ज डिपोबाट डिजेल बोकेर विराटनगरतर्फ गुडेको ना४ख ४१६३ नम्बरको ट्यांकर दुई दिनदेखि हराएको थियो। ट्यांकर चालक मंगलबार दिउँसो प्रहरीको सम्पर्कमा पुगेको थियो।

प्रहरी सम्पर्कमा पुगेका चालक रामदेश यादव र सहचालक उमेश यादवले आफूहरूलाई एक समूहले अपहरण गरी ट्यांकर भारततर्फ लगेको बताएका थिए। ट्यांकरमा २० हजार लिटर डिजेल थियो।

नेपाल आयल निगमले कब्जा गरिएको भनिएको ट्यांकर खोजी गर्न समिति गठन गरेको छ ।

प्रकाशित: Nov 20, 2019| 05:53 बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।