काठमाडौं– मन्त्रिपरिषद् हेरफेर गर्नुअघि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भइरहेको छ।
बिहान ९ बजेदेखि ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामसरण बजगार्इंले जनाएका छन्।
मन्त्री हेरेफेरको विषयमा प्रधानमन्त्री ओलीले गएरातिकै मन्त्रिपरिषद् बैठकमा जानकारी गराइसकेका छन्। प्रचण्डसँगको अहिलेको छलफलमा हेरफेर हुने मन्त्रीको टुंगो लगाइँदैछ।
आजै १२ बजेपछि बस्ने सचिवालय बैठकले अन्तिम निर्णय गरे प्रधानमन्त्री ओलीले आजै मन्त्रीहरु हेरफेर गर्नेछन्।