काठमाडौं । नयाँ मन्त्रीहरुको नाम टुंगो लगाउन सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बिहान बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले मन्त्रीको नाम टुंगो लगाएपछि आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ ।
उनले हिजो नै मन्त्रिपरिषद्को बैठकमा मन्त्री हेरफेरको जानकारी गराएका थिए ।