आइतबार, साउन ३१, २०८३

२१ महिनापछि मन्त्रिपरिषद् पुनर्गठन हुँदै

बुधबार बिहान नेकपा सचिवालय पनि बोलाइएको छ । सचिवालयको बैठकपछि दिउँसोसम्ममा मनित्रपरिषद् पुनर्गठन र नयाँ मन्त्रीको शपथ हुने बताइएको छ ।
 |  मंगलबार, मंसिर ३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३, २०७६

काठमाडौं । गठन भएको करिब २१ महिनापछि मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ ।

लामो समयदेखि मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चले पनि यसले मूर्त रुप पाएको थिएन । आज (मंगलबार) भने प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताएका छन् ।

मंगलबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा भोलि (बुधबार) मन्त्रिपरिषद् पुनर्गठन गर्ने जानकारी गराएको बैठकमा सहभागी एक मन्त्रीले बताए । प्रधानमन्त्री ओलीले बुधबार कुनै पनि औपचारिक कार्यक्रममा जाने सेड्युल नराख्न मन्त्रीहरुलाई निर्देशन पनि दिएको बताइएको छ ।

मन्त्रीहरुको नाम नलिई प्रधानमन्त्रीले ‘तपाईँहरु कोही पर्नुहोला, कोही नपर्नुहोला । अहिलेसम्म सहयोग गर्नुभएकोमा धन्यवाद’ भनेको ती मन्त्रीले बताए ।

प्रधानमन्त्री ओलीले यसअघि नेकपा सचिवालयको पछिल्लो बैठकमा पनि मन्त्रीहरु परिवर्तन गर्ने बताएका थिए ।

सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भए पनि नेकपाका दुई अध्यक्षबीच मन्त्रीहरुको नाममा सहमति नजुट्दा रोकिएको थियो । त्यसपछि पनि निरन्तर वार्ता भएपछि सहमति जुटेको बताइएको छ ।

बुधबार बिहान नेकपा सचिवालय पनि बोलाइएको छ । सचिवालयको बैठकपछि दिउँसोसम्ममा मन्त्रिपरिषद् पुनर्गठन र नयाँ मन्त्रीको शपथ हुने बताइएको छ ।

ओली २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित: Nov 19, 2019| 14:58 मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।