आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई उत्तराखण्डका मुख्यमन्त्रीको जवाफ : 'काला पानी हमारा है'

ओलीलाई उत्तराखण्डका मुख्यमन्त्रीको जवाफ : 'काला पानी हमारा है'

भारतसँगको सीमा विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिक्रिया आएको २४ घण्टा नवित्दै भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र रावतले जवाफ फर्काएका छन्।
 |  मंगलबार, मंसिर ३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३, २०७६

काठमाडौं - भारतसँगको सीमा विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिक्रिया आएको २४ घण्टा नवित्दै भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र रावतले जवाफ फर्काएका छन्।

आइतबार प्रधानमन्त्री ओलीले लिपुलेक, कालापानी नेपालकै भएको दाबी गर्दै भारतीय सेनालाई फिर्ता हुन आग्रह गरेका थिए। उक्त विषय भारतीय मिडियाहरुमा चर्चाको विषय बनेको थियो।

प्रधानमन्त्री ओलीको भनाईको खण्डन गर्दै उत्तराखण्डका मुख्यमन्त्री रावतले कालापानी भारतीय भूभाग भएको दाबी गरेका छन्। उत्तराखण्डको राजधानी देहरादुनस्थित गान्धी पार्कमा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री रावतले कालापानी भारतको भएको दाबी गरे।

प्रधानमन्त्री ओलीको भनाई दुर्भाग्यपूर्ण भएको बताउँदै रावतले नेपालमा केही गलत तत्वले प्रवेश पाएकोसमेत दाबी गरे। मुख्यमन्त्री रावतले छलफलको माध्यमले सीमा समस्या समाधान हुने समेत बताए।

यसैबीच भारतीय विदेश मन्त्रालयले पनि छलफलको माध्यमले नेपालको असन्तुष्टि समाधान गरिने बताएको छ।

प्रकाशित: Nov 19, 2019| 11:48 मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।