मंगलबार, असार २३, २०८३

जो घर जलेर खरानी भएपछि फुटबलमा होमिए

स्पेनिस क्लब रियल म्याड्रिडले यो वर्ष फ्रेन्च युवा मिडफिल्डर एडवर्ड कामाभिङ्गालाई भित्र्याएको छ। ६ वर्षको सम्झौतामा कामाभिङ्गा भित्र्याएर रियलले यो वर्षको फुटबल ट्रान्सफरलाई अन्त्य गरेको छ।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

काठमाडौं- स्पेनिस क्लब रियल म्याड्रिडले यो वर्ष फ्रेन्च युवा मिडफिल्डर एडवर्ड कामाभिङ्गालाई भित्र्याएको छ। ६ वर्षको सम्झौतामा कामाभिङ्गा भित्र्याएर रियलले यो वर्षको फुटबल ट्रान्सफरलाई अन्त्य गरेको छ।

१८ वर्षे फ्रेन्च मिडफिल्डर कामाभिङ्गा यो सिजन एक वर्षको लागि फ्रेन्च लिग वान क्लबसँगको सम्झौतामा थिए। तर क्लब उनलाई अर्को वर्ष फ्रि एजेन्ट बनाउन चाहँदैन थियो। त्यसैले फ्रेन्च क्लब रेन्निसले विन्डो सकिनुभन्दा केही समयअघि नै क्लब छोड्ने स्वतन्त्रता दियो।

उनले फ्रान्सको क्लेयरफोन्टेन अभ्यास केन्द्रमा सोमबार बिहान मेडिकल जाँच गराए। अब उनी स्पेनिस राजधानीमा अवस्थित रियल म्याड्रिडका खेलाडी हुन्।

कामाभिङ्गा युवा उमेरम नै परिपक्व खेलाडी बने। १६ वर्षको उमेरमा सन् २०१९ मा उनले रेन्निसबाट लिग वानमा डेब्यु गरे। त्यसपछि उनले आफ्नो स्थान बनाए र रेन्निसको टिमका नियमित खेलाडी बने।

उनले पछिल्लो दुई सिजनमै क्लबबाट ६० खेल खेलिसकेका छन्, जसले उनलाई फ्रेन्च फुटबल बजारमा स्थापित गराएको छ। त्यसबीच उनलाई फ्रान्सको राष्ट्रिय टिमबाट पनि निम्तो आयो। विश्व वरियताको दोस्रो नम्बरमा रहेको फ्रान्स सन् २०१८ को विश्वविजेता हो भने उत्कृष्ट र स्टार खेलाडीले भरिएको राष्ट्रिय टिम पनि हो।

कामाभिङ्गा युवा उमेरम नै परिपक्व खेलाडी बने। १६ वर्षको उमेरमा सन् २०१९ मा उनले रेन्निसबाट लिग वानमा डेब्यु गरे। त्यसपछि उनले आफ्नो स्थान बनाए र रेन्निसको टिमका नियमित खेलाडी बने।

त्यस्तो टिममा आफ्नो स्थान बनाउनु कामाभिङ्गाका लागि चानचुने कुरा थिएन। राष्ट्रिय टोलीमा रहँदा उनी सन् १९१४ यताकै सबैभन्दा कान्छा खेलाडी पनि बने। उनले नेसन्स लिगमा क्रोएसियाविरुद्ध खेल्दै सो रेकर्ड बनाए। त्यसको एक महिनापछि युक्रेनविरुद्धको एक मैत्रीपूर्ण खेलमा उनले पहिलो अन्तर्राष्ट्रिय गोलसमेत गरे।

यद्यपी उनी युरो २०२० का लागि भने छानिएनन्। तर उनले युरो यू–२१ को खेलमा भने फ्रान्सको प्रतिनिधित्व गरे।

यी सब बाहेक उनको नयाँ परिचयँगै परिचय थपिएको छ– रियल म्याड्रिडका खेलाडी।


अष्ट्रियन डिफेन्डर डेबिड अल्वापछि कामाभिङ्गा रियलमा यो वर्ष अनुबन्ध भएका दोस्रा खेलाडी हुन्। डेविड अल्बा बायर्न म्युनिखसँगको आफ्नो सम्झौता सकिएपछि फ्रि ट्रान्फरमार्फत् रियल म्याड्रिड पुगेका थिए।

को हुन कामाभिङ्गा ?

कामाभिङ्गा सन् २००२ मा, क्याबिन्डाको एन्जोलास्थित एक शरणर्थी समूदायमा जन्मिएका थिए। उनको आमाबाबु कंगोका थिए। तर उनीहरु त्यहाँ बसिरहेनन्। छ छोराछोरीसाथ कंगोको राजधानी किन्सासाबाट बसाईं सेरर सन् २००४ मा फ्रान्स पुगे।

उनको परिवार बसाईं सर्दा कामाभिङ्गा मात्र दुई वर्षका थिए। त्यसपछि उनीहरु फ्रान्सको दक्षिणपश्चिमी क्षेत्र फोग्रिसमा बस्न थाले । त्यहाँ उनले सुरुमा जुडो सिक्न थाले। केही समय जुडोमा बिताएका कामाभिङ्गाले पछि पुरै सयम फुटबललाई दिन थाले।

त्यो सन् २०१३ को कुरा थियो जब उनको घर जलेर नष्ट भयो। घर जलेर पुरा सामान खरानी भएको थियो। कुनै पनि सामान उनीहरुले बचाउन सकेनन्।

कामाभिङ्गाले उत्कृष्ट प्रदर्शन गरे भने उनले रियलका १० नम्बरका खेलाडी मोड्रिचको ठाउँ लिन सक्नेछन्। रियलले त्यही भविष्य सुनिश्चितताका लागि उनलाई अनुबन्ध गरेको हो।

त्यो कहालीलाग्दो घटनाले उनको मन एकतमासको भयो। उनले सबै कुरा छोडेर एउटै कुरामा ध्यान केन्द्रित गर्ने सोचे। त्यो दृश्यले नै फुटबल खेल्न प्रेरित गरेको कामाभिङ्गाले बताउँदै आएका छन्।

एउटा दुखद् अवस्थापछि फुटबलमा होमिएका कामाभिङ्गाले सन् २०१८ मा १६ वर्ष एक महिनाको हुँदा रेन्निसससँग तीन वर्षको सम्झौता गरे। त्यसको तीन महिनापछि उनले लिग वानमा डेब्यू गरे। डेब्युमा रेन्निस एन्जर्सससँग ३–३ गोलको बराबरीमा रोकिएको थियो।

उनले पीएसजीसँगको एक खेलमा गोल एसिस्ट गरेका थिए। खेल अवधिभर विश्वकै स्टार खेलाडीले भरिएको पीएसजीविरुद्ध सानदार प्रदर्शन गरेपछि रेन्निसले पीएसजीलाई २–१ गोलले हराएयो। त्यो खेलको म्यान अफ दि म्याच कामाभिङ्गा नै थिए।

उनले रेन्निसका लागि पहिलो गोल भने लियोनविरुद्ध गरेका थिए। उक्त खेलमा रेन्निसले १–० गोलअन्तरले जित निकालेको थियो।

यता यो सिजन सकिनेबित्तिकै रियलमा उत्कृष्ट मिडफिल्डर लुका मोड्रिचको सम्झौता सकिँदैछ। यदी कामाभिङ्गाले उत्कृष्ट प्रदर्शन गरे भने उनले रियलका १० नम्बरका खेलाडी मोड्रिचको ठाउँ लिन सक्नेछन्। रियलले त्यही भविष्य सुनिश्चितताका लागि उनलाई अनुबन्ध गरेको हो।

प्रकाशित: Sep 01, 2021| 09:54 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।