आइतबार, साउन ३१, २०८३

पत्रकार खेम भण्डारी जेल चलान

 |  मंगलबार, मंसिर ३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३, २०७६

कञ्चनपुर । कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा जथाभावी समाचार लेखेको अभियोगमा अदालतबाट सजाय सुनाइएका कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागार चलान भएका छन्।

जिल्ला अदालतले ‘तुच्छ सजाय’ अर्थात् एक घण्टाको साजय तोकेका पत्रकार भण्डारीलाई अदालत परिसरबाट केही बेरअघि पक्राउ गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भण्डारीलाई केही बेरअघि कारागार चलान गरिएको जानकारी दिए।

निर्मला हत्या प्रकरणमा भण्डारीले सञ्चार माध्यमबाट जथाभावी समाचार लेखेको र प्रशारण गरेको भन्दै जिल्ला अदालतले एक घण्टा कैद सजाय सुनाएको थियो भने भण्डारीले एक रुपैयाँ जरिवाना पनि बुझाएका छन्।

जिल्ला अदालत बार एसोसिएसनले विचाराधीन मुद्दालाई प्रभावित पारेको र अदालतको अवहेलना गरेको भन्दै दायर गरेको मुद्दामा जिल्ला अदालतले उक्त फैसला सुनाएको थियो।

मानसखण्ड दैनिक पत्रिकाका सम्पादक भण्डारीले ‘निर्मला हत्याकाण्ड न्यायिक प्रक्रिया नै बिथोल्ने यस्तो डिजाइन !’ शीर्षकमा समाचार छापेका थिए।

प्रकाशित: Nov 19, 2019| 11:05 मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।