आइतबार, साउन ३१, २०८३

सिरहामा डाका गरेका फरार अभियुक्त जनकपुरबाट पक्राउ

 |  मंगलबार, मंसिर ३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३, २०७६

जनकपुरधाम । सिरहामा लुटपाट एवं डाका गरेर फरार भएका एकजना जनकपुरबाट पक्राउ परेका छन् । सिरहामा डाका तथा लुटपाट गरेको आरोपमा जनकपुरधाम–१२ बस्ने ३५ वर्षीय सुरेन्द्रकुमार यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आफ्नै घरमा लुुकेर बसेको अवस्थामा यादवलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताएका छन् । पक्राउ परेको यादवलाई सिरहा प्रहरीको जिम्मा लगाइएको उनले जानकारी दिए ।
यादव एक वर्षदेखि फरार थिए । पक्राउ परेका यादवसहितका व्यक्तिहरुले २०७५ भाद्र २८ गते अपरान्हको समयमा सिर्जना सामुदायिक विकास केन्द्र शाखा कार्यालय सिरहाका कर्मचारी २८ वर्षीय लालकुमार सिंहलाई लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सिरहा प्रहरीले जनाएअनुसार यादवसहितका व्यक्तिहरुले पेस्तोलबाट गोली फायर गरी कर्मचारी सिंहको साथबाट ३ लाख ९३ हजार नगद, मोटरसाइकल तथा मोबाइल लुटेर फरार भएका थिए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अन्य ९ जनालाई यसअघि पक्राउ गर्न सफल भएपनि यादव भने पक्राउ परेका थिएनन् ।
यसअघि पक्राउ परेका धनुषा मिथिलाबिहारी नगरपालिका–७ का चन्द्रशेखर भत्रे आजाद यादव, विदेह नगरपालिका– १ का रविन्द्र ठाकुर, धनुषा ठाडीझिझा बस्ने नरेशकुमार ठाकुुर, सिरहा पर्साही बस्ने केशेश्वर मुखिया, धनुषा ठाडीका श्यामसुन्दर ठाकुर, भारत मधुबनी जिल्लास्थित बासोपट्टी बस्ने किशोरकुमार शर्मा, सिरहा गोलबजार बस्ने फुलेश्वर सिंह, धनुषा सिंग्याही मडानका रमेशकुमार महतो, धनुषा कमला नगरपालिकाका शत्रुध्न ठाकुरलगायतका व्यक्तिहरु पुर्पक्षको लागि कारागारमा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित: Nov 19, 2019| 10:28 मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।