आइतबार, साउन ३१, २०८३

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

 |  मंगलबार, मंसिर ३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३, २०७६

परासी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी पश्चिम नवलपरासीद्वारा आज परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको छ, मुलुकमा पूर्वाधार विकास धमाधम भइरहेकोे छ, यसलाई अझै तीव्रता दिन आवश्यक छ, नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्नेछ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले अबको दश वर्षभित्रमा नेपाललाई मध्यम आय भएको देशको रुपमा स्थापित गर्ने बताउँदै अहिले भइरहेका विकासले सन्तुष्टि हुने अवस्था नरहेको बताए ।

अध्यक्ष दाहालले पार्टीले अव प्रशिक्षणका लागि देशव्यापी अभियान लिएर कार्यकर्ता माझ आउने जानकारी पनि दिए ।

प्रकाशित: Nov 19, 2019| 10:07 मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।