आइतबार, साउन ३१, २०८३

२१ हजार घूससहित वडाध्यक्ष पक्राउ

 |  मंगलबार, मंसिर ३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३, २०७६

काठमाडौं । मोरङमा एक वडाध्यक्षलाई २१ हजार घूस रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। जिल्लाको जहदा गाउँपालिका–१ का कार्यवाहक वडाध्यक्ष उमेशकुमार साहलाई घूस रकमसहित अख्तियार टोलीले मंगलबार पक्राउ गरेको हो।

आयोग इटहरीको टोलीले साहलाई वडा कार्यालयबाट रंगेहात पक्राउ गरेको जनाएको छ। सडक स्तरोन्नतिका लागि दुई लाख रुपैयाँको योजना सम्झौता गर्ने क्रममा साहले २१ हजार घूस मागेको बुझिएको छ। हत्या आरोप लागेका वडा अध्यक्ष प्रदीप यादव फरार भएपछि साहलाई कार्यवाहक दिइएको थियो ।

प्रकाशित: Nov 19, 2019| 10:00 मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।