मकवानपुर- बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णशर्मा खनालले राजीनामा दिएका छन्।
नेकपा एकीकृत समाजवादीमा खुलेका उनले बुधबार बिहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सामू पदबाट राजीनामा दिएका हुन्।
उनले एकीकृत समाजवादीका लागि मंगलबार सनाखत गरेका थिए। उनी एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत हुन्।
शाक्य नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको खनालले बताएका छन्।