बिहीबार, चैत १२, २०८२

बालबालिकालाई पानी खुवाउन विद्यालयमा ‘वाटर ब्रेक’

भारतको केरलका सरकारी विद्यालयले बालबालिकालाई स्वस्थ बनाउन विद्यालयमा नयाँ अभ्यास सुरु गरेका छन्।
 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

एजेन्सी- भारतको केरलका सरकारी विद्यालयले बालबालिकालाई स्वस्थ बनाउन विद्यालयमा नयाँ अभ्यास सुरु गरेका छन्। जसअनुसार उनीहरुले बालबालिकालाई पानी पिउनका लागि ब्रेक दिन थालेका छन्।

National life

यतिमात्र नभई बालबालिकाले पानी पिउन समय पाउन् भन्ने हेतुले दिनमा तीन पटक घण्टीसमेत लगाउने गरिएको छ। जसलाई ‘वाटर बेल’को नाम दिइएको छ।

घण्टी बजेपछि विद्यालयमा सबै बालबालिकाले पानी पिउन सुरु गर्छन्। पहिलो घण्टी बिहान १०.३५ मा बज्छ। दोस्रो घण्टी दिउँसो १२ बजे र तेस्रो घण्टी २ बजे बजाउने गरिएको छ।

यस्तो ‘वाटर ब्रेक’ १५ देखि २० मिनेटसम्मको हुन्छ। तमिलनाडु र कर्नाटक सरकारले केरल सरकारको यो आइडियालाई अपनाउने भएको छ।

कर्नाटकका शिक्षा मन्त्री सुरेश कुमारले आफ्नो राज्यका विद्यालयहरुलाई पनि यसैगरी बालबालिकालाई पानी पिउन प्रोत्साहन गर्न निर्देशन दिइसकेका छन्।

Laxmi sunrise bank
kumari

एक अध्ययनअनुसार भारतमा पानीको कमी र डिहाइड्रेशनबाट कयौं बालबालिकाहरु विरामी पर्ने गरेका छन्।

यसै कारण चिकित्सकहरुले खासगरी बालिकाहरुलाई पानीको कम हुन नदिने विद्यालय सजग हुनुपर्ने सुझाव दिएका छन्।

तर विद्यालयमा स्वच्छ शौचालयको अभाव हुँदा बालिकाहरु पानीसमेत नपिएर पिसाब रोक्ने गरेका छन्।

प्रकाशित: Nov 18, 2019| 09:51 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्