शुक्रबार, जेठ १, २०८३

अमेरिका : गोली प्रहारबाट एसियाली मुलका ४ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा एउटा घरमा बसेर टिभीमा फुटबल म्याच हेरिरहेका युवाहरुमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा ४ जनाको मृत्यु भएको छ।
 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

एजेन्सी- अमेरिकाको क्यालिफोर्नियामा एउटा घरमा बसेर टिभीमा फुटबल म्याच हेरिरहेका युवाहरुमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा ४ जनाको मृत्यु भएको छ।

National life

मृत्यु हुनेहरु एसियाली मुलका रहेको र उनीहरुको परिचय नखुलेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्।

गोली प्रहार गर्ने व्यक्तिको परिचाय खुलेको छैन। १० जनामाथि गोली चलेको र जसमध्ये ३ जनाको घटनास्थलमै तथा एकजनाको अस्पतालमा मृत्यु भएको हो।

बाँकी ६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार एक स्थानीय व्यक्तिले फुटबल म्याच हेर्न आफन्त र साथीभाईलाई घरमा निम्ता दिएका थिए। सोही समयमा गोली चलेको हो।

गोली प्रहारको घटना त्यहाँको स्थानीय समयअनुसार आइतबार साँझ ६ बजे भएको हो। फुटबल म्याच हेर्न ३५ जनाभन्दा बढी जम्मा भएको ठाउँमा गोली चलेको हो।

गोली प्रहारबाट मृत्यु हुनेको उमेर २५ देखि ३५ वर्ष रहेको छ।

प्रकाशित: Nov 18, 2019| 09:40 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।