आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ९८ वर्षीय मतदाताको आशीर्वाद– जनताको सेवा गर्नू, कसैको मन नदुखाउनू

९८ वर्षीय मतदाताको आशीर्वाद– जनताको सेवा गर्नू, कसैको मन नदुखाउनू

 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

पोखरा । उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार यतिखेर घरदैलोमा व्यस्त छन् । प्रत्येक दिनको घरदैलोको शुरुआत उम्मेदवारहरूले सकेसम्म सम्बन्धित ठाउँको ज्येष्ठ मतदाताबाट आशीर्वाद लिएर गर्ने गरेका छन् । सामान्यतः ज्येष्ठ मतदाताको पनि आर्शीवाद एउटै हुन्छ, ‘चुनाव जित्नू, कसैको मन नदुखाउनू ।’

चुनाव प्रचारप्रसारकै क्रममा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार खेमराज पौडेलले आज पोखरा महाकाली चोकबाट स्थानीयवासी ९८ वर्षीया त्रिलोचना आचार्यबाट आशीर्वाद लिएर घरदैलो शुरु गरे । पौडेललाई टीका लगाइदिएर चुनावमा विजयी हुन आर्शीवाद दिँदै आचार्यले भने, “चुनाव जित्नू, जनताको सेवा गर्नू, कसैको मन नदुखाउनू ।”

खेमराज अहिलेसम्म लोभ मोहमा नफसेको बताउँदै आचार्यले लामो समय राजनीति गरी जनताको सेवा गरेका पौडेलले यो चुनाव जित्नुपर्ने बताए । पार्टीका केन्द्रीय सदस्य जीवन परियारले त्यागी र निष्ठावान नेतालाई उम्मेदवारको रूपमा अघि सारेका कारण पार्टी पङ्क्तिमात्र नभई सबैमा उत्साह थपिएको बताए । सरकारका अलोकतान्त्रिक गतिविधिलाई परास्त गर्दै सही बाटोमा हिँडाउन यो उपनिर्वाचनमा कांग्रेसको विजय आवश्यक भएको उनको भनाइ थियो ।

कांग्रेसले आज पोखरा ३३ मा घरदैलो सकी भोलि पोखरा–९ मा घरदैलो र पोखरा–१७ मा कोणसभा गर्ने कार्यक्रम रहेको चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।

रासस

प्रकाशित: Nov 18, 2019| 06:51 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।